Pages

Tuesday, July 31, 2018

डायससँग जोडिएको नेपाल नेदरल्यान्ड्स

भुगोलको हिसावले नेपाल भन्दा धेरै सानो, विकासको हिसावले नेपालले छुनै नसक्ने गरी माथि, सभ्यताका हिसावले विश्वमै उदारणीय राष्ट्र हो नेदरल्यान्ड्स । क्रिकेटकै माहौलमा-भलादमीहरुको खेल भनेर चिनिने यो सभ्य खेलमा लौ नेपाल र नेदर्ल्यान्ड्सको तुलना गरौं न त । जवजव नेपाल र नेदरल्यान्ड्सको खेल हुने समय आउछ मलाइ यो कौतुहलता लागिरहन्छ । यसो लाग्नुमा नेदरल्यान्ड्समा मेरो छोटो तर मिठो वसाइको स्मरण हो वा नेपाली क्रिकेटसँगको झन्डै १५ वर्षभन्दा लामो सहयात्रा छुट्याउन गार्हो छ । त्यसमा नेपालका पूर्व प्रशिक्षक रोय ल्युक डायससँग जोडिएको अर्को सन्दर्भ। कारण जे भएपनि नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तरिष्ट्रय प्रतियोगिता नेदरल्यान्ड्स विरुद्ध खेल्दै गर्दा यो कौतुहलता अझ चुलिएर आयो । अन्तत: सन् २००८ अर्थात १० वर्ष अगाडीको त्यो स्मरण खोल्ने विचार गरेँ ।
तीन महिनाको नेदर्ल्यान्ड्स वसाइ । प्रशिक्षणमा दैनिक विहान Daily Editorial अर्थात विश्वभरिका मूख्य समाचार बनाउन पर्ने । जव खेलकूद समाचारको पालो उथ्यो सबैको दिमागमा फुटवल टेनिस एथलेटिक्स वास्केटवल यस्तै यस्तै खेलहरु । धेरै अफ्रिकन केही एसियन प्रशिक्षार्थी हामी। प्रशिक्षक सवै युरोपियन । विशेषगरी नेदरल्यान्डसका । अधिकांशको रोजाइमा खेलका लामै सूचि लगाए पनि क्रिकेट पर्दैनथ्यो । नेपालवाट सन्तोष झा र म, भारतका विलाल भट्ट अफगानिस्तानका अली अहमद हामी चारजनाका लागि क्रिकेट खेलमा रुचि वेग्लै थियो।  इन्डोनिसयाकी युली जुन्डालाइ क्रिकेटको '' पनि थाहा थिएन। रेडियो टेलिभिजनको प्रशिक्षण। कसरी छोटो समयमा पुरै समाचार अटाउने भन्ने जूक्ति सिक्न नै जम्मा भएका। Daily Editorial बनाउने हरेक दिन अलगअलग टिमको जिम्मा हुन्थ्यो ।
क्रिकेट त Daily Editorial मा राख्नै पर्ने भो तर कसरी? जव सन्तोष दाइले क्रिकेटको कुरा राख्नु भो "क्रिकेटको समाचार छोटोमा कसरी लेख्ने र भन्ने? विकेट रन अभर दुइ इनिङ्को भन्न त समय धेरै लाग्छ" कोर्स लिडर फन्स पिटरको प्रतिक्रया । तर पनि हामी सवैको एकमत भएपछी उनले "हेरम न त" भने । भोलीपल्ट क्रिकेटको समाचार बन्यो । चार लाइनको समाचार थियो त्यो । कुन खेल हो याद चैं अहिले छैन । "क्रिकेट खेललाइ पनि यति सरल र छोटो भाषामा समाचार वनाउन सकिन्छ भन्ने लागेको थिएन तर सकिदो रहेछ" पिटरले सकारात्मक प्रतिक्रिया दिए ।

यसले विकसित सुन्दर र सभ्य राष्ट्र नेदर्ल्यान्डसमा यो खेल कति अकलोकप्रिय थियो सजिलै अनुमान लगाउन सकिन्छ । हुन पनि हामीले त्यहाँको वसाइमा स्केटिङ्, बुद्धिचाल, हक्की, साइक्लिङ, बक्सिङ् वास्केटवल, एथलेटिक्स, टेनिस सबै खेलको स्थलगत रिपोर्ट वनायै । फुटवलमा त डच लिग (इरिडिभिजे), महिला लिग हेर्न गइयो समाचार बनाइयो समिक्षा गरियो । हिल्भरसमदेखि म्स्टर्डमसम्म युत्रेख प्राय सबै शहरमा गएर खेलकुदका समाचार र रिपोर्ट बनाइयो । तर क्रिकेटको न कुनै खेल त्यो दौरान भयो न हामी मैदानमा जान पायौं । रिपोर्टिङ्का क्रममा एउटा मैदान क्रिकेटको देखेको थिएँ । त्यतिवेला क्रिकेटमा नेदर्ल्यान्ड्सको सम्वन्ध भनेको श्रीलकंन प्रशिक्षक रोय ल्युक डायस थिए । सन् २००१ मा नेपाल उनु भन्दा अघि डायसले केहि वर्ष नेदरल्यान्ड्सको म्स्टर्डम क्लव क्रिकेट खेलेका थिए उनले हामीलाइ त्यो कुरा वताएका थिए। त्यही कारणले होला मलाइ नेदर्ल्यान्डसमा क्रिकेटको क्रेज कस्तो छ जान्ने इच्छा थियो । त्यतिखेर नेपाल उदा डासयसँग नेपाल र वंगलादेश दुइ मध्ये एउटा रोज्नु थियो । उनले नेपाललाइ रोजेका थिए। "नेपाल जस्तो एउटा गरिव राष्ट्रलाइ क्रिकेटको स्तर उकास्न पाए राम्रो हुन्छ भनेर नेपाल रोजे" उनको यो भनाइलाइ त्यतिखेर श्रीलंकन मिडियाले पनि खुलेर प्रशंसा गरेका थिए । एक दशकको नेपाल वसाइमा डायसले नेपाललाइ जुन उचाइमा पुर्याए त्यो अतुलनीय छ । २००८ मा म नेदरल्यान्डस जाँदा त उनी नेपाली क्रिकेटको पर्याय वनिसकेका थिए। उनको त्यो नेदर्ल्यान्डसको वसाइ थाहा पाएकोले म त्यहाँको क्रिकेटप्रति उत्सुक त थिएँ एक किसीमको हार्दिकता र चासो थियो ममा नेदर्ल्यान्ड्स क्रिकेटप्रति । तर हाम्रो इन्स्टिच्यूट रेडियो नेदर्ल्यान्डसको रोजाइमा त्यो खेल परेन। सन् २००६ मै एकदिवसीय मान्यत पाएको नेदर्ल्यान्डसमा क्रिकेटका समाचारमा रुचि नहुनु हाम्रा लागि अपत्यारिलो थियो । कारण खासै पत्ता लगाउन सकिएन "लामो समय खेल्न र हेर्न पर्ने र वुझ्न पनि अलि कठिन" कसै कसैले प्रतिक्रिया दिन्थे । हाम्रो कोर्स लिडर पिटरको प्रतिक्रिया पनि यस्तै भएकाले नपत्याउनु पर्ने कुरै थिएन । त्यसो त क्रिकेट मन नपराउने या नहेर्ने या नखेल्ने व्यक्ति जो सुकैको कारण पनि यस्तै हुने गर्छन् । तर पनि मिडियाले महत्व दिन थाल्यो भने सामान्य नागरिकले पनि उत्सुकता लिदो रहेछ भन्ने मेलै मेरो देश नेपालमै भएको लोकप्रियतालाइ देखेर अड्कल काटेको छु । अहिले एकदिवसीय र टिट्वान्टी मान्यता प्राप्त राष्ट्र नेदरल्यान्ड्सले क्रिकेटमा राम्रै फड्को मारिरहेको छ । त्यहाँका लेखकहरु १८ औं शताब्दीमै क्रिकेट नेदरल्यान्ड्समा छिरीसकेको वताउँछन् । पछिल्ला दिनमा फुटवल र हकीसँगै क्रिकेटको लोकप्रियता बढ्दैछ । नेपालमा क्रिकेट २० औ शताव्दीमा सुरु भए पनि लोकप्रियताको हिसावले निकै अगाडी छ। टिट्वान्टीको मान्यता पाइसकेको एकदिवसीयको अस्थायी यात्रामा रहेको नेपालको एकदिवयसीय प्रतियोगिताको श्री गणेश बुधवार हुँदैछ । खेल स्तरभन्दा पनि व्यवस्थापकीय लथालिङ्गका कारण नेपालभन्दा नेदर्ल्यान्ड्स अगाडी छ । दुवै राष्ट्रले सन् १९६६ वाट अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) वाट एसोसियट राष्ट्रका मान्यता पाएका हुन्। अव हेरौ एकदिवसीय क्रिकेटमा कसले बढी फट्को मार्छ ।

No comments:

Post a Comment