Pages

Saturday, June 13, 2015

ललितदाइ विना अपुराे फुटबल

“तिमीसँग डुंगामा घुम्दाघुम्दै फेवालताल, नसोच कस्तो भयो होला मेरो दिलको हाल” प्रकाश श्रेष्ठको यो सदावहार गित ‘ललितदाइ’ लाइ खेलकुद पत्रकारले जिस्क्याउने प्यारो गित हो । निरन्जन राजवंशी, अजय फुयाँल, महेश आचार्य, प्रकाश तिमल्सिना यिनै नामहरु हुन जससँगको भेटघाट जम्यो कि त ललितदाइ र यो गितको प्रसंग आउथ्यो “टिमीसँग डुगाँमा घुम्डाघुम्डै फेवाटाल........” गित त्यहि थियो लय पनि त्यहि । 
तर ललितकृष्ण श्रेष्ठको ‘त’ लाइ नेवारी टोनमा ‘ट’ उच्चारण गर्ने स्टाइलको नक्कल दाइहरुले यसरी गर्नुहुन्थ्याे जसले हेरक पटक हाँसोको फोहोरा छुट्दथ्यो । मलाइ यो गितको प्रसंग थाहा थिएन आज पनि थाहा छैन । तर जुनसुकै शैलीमा जिस्काएपनि नरिसाउने उनको स्वभाव थियो जसले पत्रकारविच ललितदाइको न्यानो परिचय बनाएको थियो । ललितदाइलाइ हरेक पटक भेट्दा मेरो मानसपटलमा यो गित आउथ्यो । 


शुक्रबार राति करेन्ट लागेर उनको मृत्य’ भएको खवर आज विहान ट्विटरबाट पाउदा पत्याउन गारो भयो त्यो असामयिक निधन अपत्यारिलो थियो तर आफैमा अचम्म लाग्दो त के थियो भने लगभग दुइ वर्ष भइसक्यो मैले फुटबल खेलको विषयमा लेख्न छाडेको अनायासै मेरो मनमा आवाज आयो ‘नेपाल फुटबल’। 

अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ नेपाली फुटलका यस्ता सेतु थिए, जसले सवै विवादमा समन्यकारी भुमिका निभाउथे, आफ्नो आलोचनालाइ मनन गर्दथे, खेलाडीलाइ बोलेकै भरमा सन्तुष्टि दिलाउन सक्थे । सदैव विवादको घेरमा अल्झीरहने नेपाल फुटबलको अवस्था अव के हुन्छ मेरो मनमा यो प्रश्न एकै चोटि उब्जियो । साइतमा नयाँ घरमा छिरेका ललितदाइ विजुलीको तार मिलाउदा करेन्टमा पर्नुभयो । मंगलबजारको उनि बसिरहेको घर भुकम्पले बस्न नहुने बनाइदियो । कोठा खोज्दा भेटिएन । त्यसैले उनि भैसीपाटीको आफूले बनाएको घरमा सर्नका लागि हतारिएका थिए । वाइरिङ नगरेको घरमा साइतको पूजा गरेर एक रातका लागि बस्न गएका थिए । छिमेकीको घरबाट एक रातका लागि ल्याएको विजुलीको तार मिलाउदा उनलाइ करेन्ट लाग्यो । 
 सानो झट्काले ललितदाइको ज्यान लियो ठुलो झटका नेपाली फुटललाइ लाग्यो, एन्फालाइ लाग्यो, उनले सम्हालिरहेको थ्रि स्टार क्लबलाइ लाग्यो । सिंगो थ्रिस्टार क्लबको उनि भरोसा थिए । एन्फा भित्रको विवाद, दुइ फुटबल संघ हुदाका विवादको दलदलबाट नेपाली फुटबललाइ पार लगाउने तिनै ललितदाइ थिए । 
खेलाडीका रुपमा ललितलाइ कस्ता थिए मलाइ थाहा छैन, तर पदाधिकारीका रुपमा ललितदाइ नेतृत्वमा कुशल थिए । खेलकुद पत्रकारका रुपमा मैले गरेको संगतमा उनी नेपाली खेलकुदै सबैभन्दा सहज ब्यक्तित्व थिए । मिठो होस कि तितो जे प्रतिक्रिया दिन पर्दथ्यो उनि दिन्थे, केहि जानकारी लिन परे उनि सदैव उपलब्ध हुन्थे र टिकाटिम्पणीबाट उनी विचलित हुदैन थिए । उनको यहि मिजासिलो ब्यवहार र अप्ठ्यारो परिस्थितीलाइ मिलाउन सक्ने क्षमताका कारण ‘ललितदाइ’ नेपाली फुटलमा सर्वत्र थिए । 
पशुपति आर्यघाटमा उनको आज अन्तिम दाहसंस्कारमा उर्लिएको फुटबल परिवार हेर्दा लाग्दथ्यो उनको परिवार विशाल थियो । तर उनले आफ्नो परिवारलाइ अपुरो छोडेर गए । सबैका मृत्यु पीडादायी हुन्छ । संसार छोडेर जानेले कसै न कसैलाइ अपुरो बनाएरै जान्छन् । नेपाली फुटबलका लागि उनको असामयीक निधनल एउटा खालीपन महसुस भएको छ । आर्यघाटमा चितामा उनको लाश जलिरहदा महेश आचार्यकै अभिब्यक्ति सम्जmदा फुटबलको वागडोरलाइ च्वाट्टै पारेको ललितदाइको मृत्यु “नेपाली फुटबलका लागि वास्तविक अपूरणीय क्षति” हो । यो सत्यसँग शायद कोइ असहमत नहोला की फुटबलले अव अर्को ‘ललितदाइ’ कहिल्यै पाउने छैन ।

No comments:

Post a Comment