
ललितपुर छ्यासीकोर्टको एउटा चोक, भैंसपाटी क्षेत्रको यात्रामा मैले यसलाई कति पटक देखेको छु । हेरेको छु । यो संग मेरो कुनै भावनात्मक सम्वन्ध थिएन ।
आजपनि एकै छिन वस्ने जमर्को मात्रै थियो म र मेरो साथी विद्याको । छेउमै एउटा सानो भाई आफ्नी आमालाई साइकल सिकाउदैं थियो । स्कुटर चलाउन सिक्नका लागि उनले साइकल सिक्न थालेकी रैछन्। जिस्किदै हामीले ति भाईलाई साइकल सिकाइदिन अनुरोध गर्यौं । “एक मिनेटको एक रुपैयाँं है त?” उसले व्यापार गर्ने योजना तत्कालै वनायो। विद्याले साइकल चढेकी मात्र के थिइ उ घढि हेर्न थाल्यो, म उसको परिपक्व व्यवहारले मरीमरी हाँंस्न थाले । दुई मिनेट चढेको दुई रुपैयाँ तिरेर हामी महँगो रैछ भनेर निस्कियो ।

फुच्चे व्यापारीको नाम सोध्न विर्सिएछु,।
टहलिदै कार्यविनायक तिर लाग्दा हामीले एक शारीरिक रुपमा अशक्त वालवालिकाको हुल भेट्यौ । एकैछिन उनिहरुसँग रमाइलो गर्न हामी त्यतैतिर लाग्यौं । वोल्न सक्नेले आफ्नो नाम भन्दै गए उमा, शिव यस्तै । विद्या वोल्न नसक्नेहरुसँग हातमा लेखेर सांकेतिक भाषा सिक्न थाली । म उनिहरुको मादल, तवला र हाम्रोनियमा रमेको मन हेर्न थालेँ ।

त्यत्तिकैमा एउटा अनुहार परिचित लाग्यो । नाम सोधें –सुरथी वलामी, घर–सोखेल ।म झस्किए, मेरै गाउको ठेगाना थियो । उनिसँग तस्विर खिच्दै थिए, मनमा विगतको याद नाचिरह्यो, मेरो स्कुलवाट फर्कने र खेतवाट फर्कने त्यो वाटो, उनि तिन चार वर्षकी थिइन, र्याल सिंगान वगाउदै विच वाटोमा वस्थिन, पैदलयात्रीले उनलाई गिज्याउथे त कोही लखेट्थे, कोही वावु आमाको भाग्य फुटेको “अलच्छिनी” जन्मेर भन्थ्ये । न उनी वोल्न सक्थिन, कहिले ढुंगाले हिर्काउथिन कहिले भाग्थिन ।
फोटो खिचीसकेपछि, मैले उनलाई “तिम्रो दिदी शोभा होइन” भनीसकेको के थिए, उनि खुशि भइन र मलाई अंगालो हालिन । दिदीको साथीप्रति उनको आत्मियता थियो, मैले सजिलै अनुमान लगाए ।“सुरथी”अहिले उनि निकै ठुली भइसकिछन । धेरै फरक भइसकिछन । खुशि लाग्नु स्वभाविक थियो ।
साँझ वढदै थियो, ४० जनाको त्यो हुललाई विस्कुट र चकलेट दिएर हामी फर्कियौं ।

निर्दोष निश्चल अनुहारका फरक फरक रंगमा भिजेर कोठामा फर्किएकी म, आउने वित्तिकै वहिनीलाई सवै वेली विस्तार सुनाए ।
“उ र म सानोमा कत्ति मिल्थ्यौं, तैलै विर्सिस?” मेरो वहिनीले “सुरथी”को प्रसंगमा गरेको प्रश्न थियो, मैले विर्सिएछु मौन स्विकारोक्ति थियो मेरो । “ए हो त” सामान्य प्रतिक्रिया थियो मेरो । तर मनमा भने थकथक लागिरह्यो । परिक्षाका कारण मैले मेरी वहिनीलाई संगै लैजान सकिन, यदि सकेको भए, सुरथीका आँखा म प्रति कति कृतज्ञ हुने थिए होला, उनको मन अझै कति खुशि हुन्थ्यो होला?
मन छुने भावनाहरु को उत्कृष्ट प्रस्तुती झल्किन्छ यो कथा मा, धन्यबाद दिन चाहन्छु पबित्रा ज्यु लाई अनि निरन्तर कलम चलिरहोस भन्न चाहन्छु
ReplyDelete