Picture: Kaushal Adhikary |
किर्तिपुरको अन्तराष्ट्रीय क्रिकेट
मैदान जहाँ माइकमै बोल्दा पनि एउटा भित्ताबाट अर्कोमा सुन्न मुस्किल पर्छ। त्यस्तोमा
टड्कारै सुनिने एउटा आवाज हो विनोद दास । विनोदको तिखो आवाजले मलाइ अहिले पनि
त्यत्तिकै अचम्मित बनाउछ जति मैले १२ बर्ष अगाडी सुन्दा बनाउथ्यो । सन् २००३ मा
मैले स्कोररको रुपमा क्रिकेटमा साइनो गाँसे । बिनोद राष्ट्रिय क्रिकेट टिमको
कप्तानका रुपमा उदयीमान हुदै थिए ।
एसीसी यु-१९ मा कप्तानको रुपमा उनले पाएको सफलताका कारण उनलाइ
कप्तान राजु खड्काको उत्तराधिकारीको रुपमा हेरिएको थियो । २००५ देखि २००८ सम्म उनी
कप्तान रहे। यो स्मरणमा रहकै विषय हो । उनको नेतृत्वमा वर्तमान कप्तान पारस खड्का उप कप्तान
ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी र शक्ति गौचन जस्ता क्लासिक क्रिकेटरले फल्ने फुल्ने अवसर पाए ।
कप्तानीका साथमा विनोदले मिडियम पेस
बलिङ्मा देखाएको उनको शैलीले छोटो इतिहास बोकेको नेपाली क्रिकेटमा छुट्टै आयाम
थपेको छ । smooth running,
line to line bowling र physically fit.. विनोद जव बलिङ्मा आउथे लाग्थ्यो अव त विकेट पक्का आउछ । scorer को duty निभाइरहदा मैले देशभित्र भएका विनोदको राष्ट्रिय र अन्तराष्ट्रिय दुबै स्तरका प्रत्येक
खेलालाइ नियाले होला । हरेक दिन उसले हरेक खेललाइ पहिलो म्याच जसरी खेल्यो । स्कोरर
र रिपोर्टर दोहोरो भूमिकामा क्रिकेटरसँग नजिकीने अवसर पाएकी मैले बारा कलैयाका विनोदसँग
बनाएको नाताको परिभाषा शायद मैसँग छैन ।
मैदानमा अलिकति गल्ती भयो की म उसलाइ गाली गर्ने बहाना पाउथे । उसको शतप्रतिशत
लगावमा कहिलेकाँही हुने स्वभाविक गल्ति ठुला कुरा थिएनन् । तर आलोचनालाइ स्वागत
गर्ने र सम्मान गर्ने उसको स्भावमा म अर्कै आनन्द महसुस गर्थे । त्यसैले होला comment गर्नुमा पनि छुट्टै मजा आउथ्यो ।
Picture : Kaushal Adhikary |
लगभग १२ बर्षको यो नातामा आजसम्म
उस्तै न्यानोपनको आभाष छ । “खै मेरो दिदी खोइ त ?” अन्तिम खेलपछि मेरा साथिहरु विनोदसँग तस्विर
लिइरहदा उ मलाइ खोजिरहेको थियो । पटक पटक आफ्नो जिवनको महत्वपूर्ण समयमा
उसले मलाइ खोजेको छ । हरेक नयाँ काम सुरु गर्दा मलाइ सोधेको छ। प्रशिक्षकको बाटो
रोज्दा आएका अप्ठ्याराहरु मसँग साटेको छ । शनिवार क्रिकेटरका रुपमा विनोदले विदा
लिइरहदा उ मलाइ पटक पटक धन्यवाद दिइरहेको थियो । तर धन्यवाद त मैले दिनुपर्छ । Thank you Binod! तिमी र तिम्रो सिगो टिमले दिएको मायाले नै
क्रिकेटमा मेरो लगाव बढाएको थियो । जुन आजसम्म उस्तै प्रगाढ छ । एउटा कुशल
क्रिकेटरका साथमा good
human being को रुपमा मैले तिम्रो परिचय
बनाएको छु । प्रशिक्षकको रुपमा तिम्रो छवि अझै
उज्वल रहोस ।
No comments:
Post a Comment