Pages

Showing posts with label Paras Khadka. Show all posts
Showing posts with label Paras Khadka. Show all posts

Tuesday, August 3, 2021

“मैदान भित्र र बाहिर” पारस

 “

तस्विर सौजन्य: रमन शिवाकोटी
पारसले अन्तराष्ट्रिय क्रिकेटवाट सन्यास लिए” त्यो  पनि कोरोना महामारीको समयमा, कुनै खेल  मैदानवाट नभई सामाजिक सन्जालवाट। पारसका  लाखौ समर्थकले उनको सन्यासको पल (जुन हरेक   फ्यानले हेर्न चाहन्छ) महसुस गर्न पाएनन् ।  यो खवरले अरुसँगै मलाइ पनि नरमाईलो लाग्यो ।   अव राष्ट्रिय क्रिकेट जर्सीमा उनलाई देख्न पाइने छैन । कप्तानी छाडेपनि उनि मैदानमा थिए ।

 एक प्रकारको हौसला थियो । तर अव त्यो पनि नरहने भयो । तर यो खल्लोपनभित्र पारस क्रिकेटवाट टाढा रहदैनन अव के गर्लान भन्नेकतूहलतामा पनि मिसिएको थियो ।

दुई वर्ष अगाडी उनले कप्तानको जिम्वेवारीवाट विश्राम लिदाँ मैले एउटा ब्लग लेखिसकेको थिएँ (कप्तान होईन भाइ भन्नुस भाइ) । नेपाली क्रिकेटमा सर्वाधिक चर्चित खेलाडी पारसले क्रिकेटरको भूमिकालाई नै छाडेको यो पलमा अव के लेखौं? विषयको त कमि थिएन । 

 उनीससँगका स्मृतिहरु यति छन् कि शब्दमा उतार्न सकिन्न । आफ्नै आँखा अगाडी पारसको क्रिकेट क्यारिएर मौलाएको हेरियो । उनको नेतृत्वमा नेपाली क्रिकेट फस्टाएको हेरियो । उनको निर्डर नेतृत्वमा अरु क्रिकेटरहरु परिपक्व भएको हेरियो । अझै मन अघाएको छैन। नेपाली क्रिकेटका पर्याय बनिसकेका पारसलाई क्रिकेटवाट अलग्याएर हेर्नु पनि सकिन्न । त्यसैले पनि उनको जिवनको यो महत्वपूर्ण निर्णयमा केहि नलेखि बस्न सकिएन। कहाँवाट सुरु गर्ने होला

ब्लग लेख्दै गर्दा यो सुन्दर कार्ड तयार गरिदिने प्रियंकालाइ धन्यवाद…

पारसको ठुलो समर्थक तथा मेरी सहकर्मी प्रियंका कापरसँग मैले यो मेरो उकुसमुकुस शेयर गरें । पारस भनेको नेपाली किक्रेटको आशा हो, जवसम्म उनी छन्, नेपाली क्रिकेटमै छन् उनको भूमिका मात्रै फरक होला, हो यहि आशाको वारेमा लेख्नुसउनले यो सटिक सल्लाह दिइन् । यहाँनेर लाखौं समर्थकको जस्तै उनको र मेरो कुरा मिल्यो। 

शायद धेरै समर्थक र नेपाली क्रिकेटका शुभचिन्तकको मनमा पनि यहि सवाल अनि यस्तै निष्कर्ष होला यतिवेला।

अन्तराष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन्उनले निकाले बक्तब्यमा पनि यहि वाक्य लेखेका छन् । पारस यस्ता क्रिकेटर हुन जो मैदान भित्र र बाहिर उत्तिक्कै राम्रो क्रिकेट खेल्न सक्दथे । मैदानमा उनी ब्याट र बलले प्रहार गर्दथे भने मैदान बाहिर नेपाली क्रिकेटको बारेमा चिन्ता ब्यक्त गरेर क्रिकेट ब्यवस्थापन गर्न खोज्दथे ।

मैदानमा घण्टौं विताउनले मात्र नभई नेपाली क्रिकेटको उचित ब्यवस्थापनका लागि मध्यरातसम्म पनि छलफलमा व्यस्त रहन सक्दथे । यहि ब्यक्तित्वले उनलाइ अरुभन्दा बेग्लै र विशेष बनाएको छ । त्यसैले त उनको सन्यास घोषणामा किन यति छिटो? “सामाजिक सन्जालमा धेरैले प्रश्न गरेका छन् । साथमा उनको सफल दुई दशकको यात्रामा योगदानको कदर गर्दै धन्यवाद अनि आगामी दिनमा सफलताको कामनागरेका छन्। उनि प्रतिको यो सरोकार, यो शुभच्छा खेर नजाने संकेत पारस आफैले गरिसकेँ । अव क्रिकेट ब्यवस्थानमा जोड दिने प्रतिक्रिया दिएर।  

तस्विर सौजन्य : रमन शिवाकोटी

 हारको संघारवाट हत्तोत्साहित नभइकन जितको स्वाद  चखाउने क्षमता भएका पारसको मूल मन्त्र  भनेको  सामूहिक भावना हो। दम्भ भएको अब्वल  बिसौं खेलाडी भन्दा सामूहिक भावना   भएको अठारौं या उन्नाईसौं खेलाडी   महत्वपूर्ण हुने बताउने पारस यही सामूहिक भावनामा क्रिकेट व्यवस्थापना लाग्नेछन्, यो क्षणमा खुशिको कुरा यहि हो । नेपाली क्रिकेटको एक दिवसीय   मान्यताका सपना पुरा गर्नु अनि टिट्वान्टी विश्वकपमा  नेपालले खेल्नु पारसकै नेतृत्वमा संभव   भएको थियो ।

हारको संघारमा पुगेर पनि जितको हिसावकिताव गर्न नछोड्ने गज्जवको क्षमता उनमा छ । अव लथालिङ्ग क्रिकेट व्यवस्थानलाइ समेट्ने र युवा क्रिकेटरमा संभावनाका क्षितिज उघार्ने जोड घटाउ गरेरै उनले यो सन्यासको निर्णयका लिएका होलान। उनको यो निर्णयमा, सफल कप्तान, सफल खेलाडीका लागि मैदानभित्रको इनिङ्का लागि बधाई । क्रिकेट व्यवस्थापनको मैदान वाहिरको अवको दोस्रो इनिङ्का लागि शुभकामना ।

Sunday, April 12, 2015

Thank You Binod

Picture: Kaushal Adhikary
फिलीप ह्युजको सम्झनामा खेलिएको खेलको महत्व यसैपनि कम थिएन । शनिबारको त्यो खेलमा boundary भित्र पूर्वकप्तान विनोद दासको उपस्थिती मेरा लागि अझै बिशेष थियो। विनोदको अन्तिम खेल हेर्न म पहिलो पटक दर्शकको भिडमा बसेकी थिए। । दिनभरी पारिलो घाममा मैत्रीपूर्ण खेलको मज्जा लिइरहदा आँखा उसको हरेक क्रियाकलाप पछ्याइरहेका थिए भने मानसपटलमा उसँगै क्रिकेटमा विताएको एकदशक भन्दा लामो समय……
 किर्तिपुरको अन्तराष्ट्रीय क्रिकेट मैदान जहाँ माइकमै बोल्दा पनि एउटा भित्ताबाट अर्कोमा सुन्न मुस्किल पर्छ। त्यस्तोमा टड्कारै सुनिने एउटा आवाज हो विनोद दास । विनोदको तिखो आवाजले मलाइ अहिले पनि त्यत्तिकै अचम्मित बनाउछ जति मैले १२ बर्ष अगाडी सुन्दा बनाउथ्यो । सन् २००३ मा मैले स्कोररको रुपमा क्रिकेटमा साइनो गाँसे । बिनोद राष्ट्रिय क्रिकेट टिमको कप्तानका रुपमा उदयीमान हुदै थिए ।
 एसीसी यु-१९ मा कप्तानको रुपमा उनले पाएको सफलताका कारण उनलाइ कप्तान राजु खड्काको उत्तराधिकारीको रुपमा हेरिएको थियो । २००५ देखि २००८ सम्म उनी कप्तान रहे। यो स्मरणमा रहकै विषय हो । उनको नेतृत्वमा वर्तमान कप्तान पारस खड्का उप कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी र शक्ति गौचन जस्ता क्लासिक क्रिकेटरले फल्ने फुल्ने अवसर पाए ।
 कप्तानीका साथमा विनोदले मिडियम पेस बलिङ्मा देखाएको उनको शैलीले छोटो इतिहास बोकेको नेपाली क्रिकेटमा छुट्टै आयाम थपेको छ । smooth running, line to line bowling र  physically fit.. विनोद जव बलिङ्मा आउथे लाग्थ्यो अव त विकेट पक्का आउछ । scorer को duty निभाइरहदा मैले देशभित्र भएका विनोदको राष्ट्रिय र अन्तराष्ट्रिय दुबै स्तरका प्रत्येक खेलालाइ नियाले होला । हरेक दिन उसले हरेक खेललाइ पहिलो म्याच जसरी खेल्यो । स्कोरर र रिपोर्टर दोहोरो भूमिकामा क्रिकेटरसँग नजिकीने अवसर पाएकी मैले बारा कलैयाका विनोदसँग बनाएको नाताको परिभाषा शायद मैसँग छैन ।
मैदानमा अलिकति गल्ती भयो की म उसलाइ गाली गर्ने बहाना पाउथे । उसको शतप्रतिशत लगावमा कहिलेकाँही हुने स्वभाविक गल्ति ठुला कुरा थिएनन् । तर आलोचनालाइ स्वागत गर्ने र सम्मान गर्ने उसको स्भावमा म अर्कै आनन्द महसुस गर्थे । त्यसैले होला comment गर्नुमा पनि छुट्टै मजा आउथ्यो ।
Picture : Kaushal Adhikary

 लगभग १२ बर्षको यो नातामा आजसम्म उस्तै न्यानोपनको आभाष छ । खै मेरो दिदी खोइ त ?” अन्तिम खेलपछि मेरा साथिहरु विनोदसँग तस्विर लिइरहदा उ मलाइ खोजिरहेको थियो । पटक पटक आफ्नो जिवनको महत्वपूर्ण समयमा उसले मलाइ खोजेको छ । हरेक नयाँ काम सुरु गर्दा मलाइ सोधेको छ। प्रशिक्षकको बाटो रोज्दा आएका अप्ठ्याराहरु मसँग साटेको छ । शनिवार क्रिकेटरका रुपमा विनोदले विदा लिइरहदा उ मलाइ पटक पटक धन्यवाद दिइरहेको थियो । तर धन्यवाद त मैले दिनुपर्छ । Thank you Binod! तिमी र तिम्रो सिगो टिमले दिएको मायाले नै क्रिकेटमा मेरो लगाव बढाएको थियो । जुन आजसम्म उस्तै प्रगाढ छ । एउटा कुशल क्रिकेटरका साथमा good human being को रुपमा मैले तिम्रो परिचय बनाएको छु । प्रशिक्षकको रुपमा तिम्रो छवि अझै उज्वल रहोस । 

Wednesday, July 10, 2013

कप्तान पारसको बर्मुडा डायरीबाट


दुई महिना अघि वर्मुडाको नेपाली क्रिकेटको त्यो यात्रा शायद नेपाली क्रिकेटका लागि कहिल्यै पुरानो नहोला । चमत्कारजस्तै त्यो यात्राले बर्षौदेखिको विश्वकप क्रिकेट नजिक पुग्ने सपनालाई विपनामा परिणत गरेको थियो, त्यो पनि हारको संघारबाट फर्किएर । नेपाली क्रिकेट समर्थकका लागि आइसीसी विश्व क्रिकेट डिभिजन तिनको त्यो यात्रा, अनि उपाधिको उल्लाहस सदैव ताजा संस्मरण बनेको छ । पत्रकारको जिम्वेवारीभन्दा पनि नेपाली क्रिकेटको समर्थकको नाताले कप्तान पारस खड्रकालाई मैले यो यात्राका अन्तर मनका भावना साट्न अनुरोध गरेकी थिए । आज उनको त्यो रोमान्चक अनुभवको वेलिविस्तार लगाउन मन लाग्यो उनकै शब्दमा । यसरी शुरु भयो, अनि टुंगियो पारसको मनको डिभिजन तिनको त्यो यात्रा । जहाँ मैदानको प्रतिस्पर्धा भन्दा पनि मनले लिएको संकल्प, अठोट अनि कहिँकतै निराशाको विन्दुमा पुगेको, एउटा कप्तान, एउटा क्रिकेटर अनि एउटा इमान्दार हिरोको भावनात्मक यात्रा बर्मुडाको, यात्रा नेपाली क्रिकेटको ।

 .......वर्मुडा जानु अघि मलाई ज्ञानुको भिसाको चिन्ता थियो । उ टिमको मुख्य खेलाडी थियो । सबैभन्दा राम्रो खेलाडी भएन भने हामीलाई सबैभन्दा घाटा हुने थियो । धन्य सबै कुरा मिल्यो एक दुई दिन अघि भएपनि उ बर्मुडा पुग्यो । ज्ञानुको भिसाको चिन्ता चाहि मेरो दिमागमा एकदम खेलिराथ्यो । पहिलो दुइवटा खेलमा म्याच हार्नुको कारण त्यति राम्रो खेल्न पनि सकेनौं, खास कारण त मैदान नै हो । त्यत्ति सानो मैदानमा के गर्ने या नगर्ने ।
टस जित्यौं । सानो मैदानमा लक्ष्य पछ्याउन सजिलो हुन्छ भनेर फिल्डीङ रोज्यौं । तर टेलरले एक दमै राम्रो खेलिदियो । एउटै खेलाडीले एकसय ६० रन हान्छ भने कमब्याक गर्न गाहो हुन्छ । युगान्डासँगको दोस्रो म्याच त हामिले नराम्रो खेलेकै हौं । गेम प्लानले काम गरिरहेको थिएन। ज गर्ने भनेर सोचिन्थ्यो, त्यहि गलत भइरहेको थियो । पहिलो म्याच फिल्डीङ रोज्नु गलत भयो। दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्यौं त्यो गलत भयो । सबै कुरा उल्टो उल्टो भइरहेको थियो । अभ्यास खेल मात्र होइन । बर्मुडा जस्तो ठाउँमा अलि धेरै समय दिनु पर्ने रहेछ ।

 कम्तिमा एक साता अघि जानु पर्दो रहेछ भन्ने महसुस भयो। भिन्न महादेशमा प्रतियोगिता खेल्न जाँदा केहि दिन अगाडी नै पुग्नु पर्दो रहेछ  । दुई खेल हारिसकेपछि पनि आशा त एकदमै कम थियो । तर एउटा कुरा चाँहि मनमा के थियो भने हामीले हाम्रो क्षमता अनुसार खेलिरहेका छैनौं । दुइवटा म्याच खेलिसक्यौं, हारिसक्यौं भनेर विश्वासै गर्न गारो भइरहेको थियो । त्यसमाथी मैदान यति सानो कि वलिङ गरेको पनि को हि होइन, ब्याटिङ गरेको पनि हो कि होइन । 
.......जे भयो भयो, त्यसमा हाम्रो नियन्त्रण छैन । बाँकी खेलमा भने नियन्त्रण गर्न सक्छौं, त्यहि भएर खेल राम्रो खेल्न पर्यो भन्ने सल्लाह भयो । अन्तिम खेलसम्म टिमको आशा वचाइराख्न के के अवस्था र संभावना हुन सक्छ भनेर हामिले हिसाव किताब गरेका थियौ । यो प्रतियोगिताको बिशेषता भनेको सबै टिमको स्तर समान थियो। रेलिगेसनमा परेको ओमान पनि राम्रो थियो ।

हाम्रो लागि पनि चाहे मान्नोस या नमान्नोस मैदानले नै खेललाई असर पारेको थियो । शायद प्रतियोगिता हारेको भए हाम्रो लागि त्यो एक्स्क्युज मागेको जस्तो हुन्थ्यो होला अहिले जितेर भन्दा विश्वास लाग्न सक्छ । हारेको भए मैदानको कारण देखाउदा त्यहि बिषयलाई आलोचना हुन्थ्यो होला । तर अहिले त्यो समस्या छैन। मरो भनाई के हो भने मैदानले क्रिकेट खेलमा धेरै नै फरक पार्छ । यति सानो मैदान थियो कि मैले कहिले पनि त्यति सानो मैदानमा खेलेको थिइन । विद्यालय स्तरको प्रतियोगिता पनि मैले त्यति सानो मैदानमा खेलेको थिइन ।

 व्यक्तिगत रुपमा म आफुलाई ५० ओभरमा यो प्रतियोगितामा असफल भए भबिश्यमा कुनै संभावना देख्दिनथे । ट्टिवान्टी चाँहि खेलिन्थो होला । अब चार पाँच बर्षपछि ५० ओभरमा निरन्तरता दिनु गारो कुरा थियो । म आफै निरन्तर हुन सक्ने थिइन । यहि डर सबैमा थियो। यसले गर्दा हामीले मिहिनेत पनि गरेका थियौं । मिहिनेत गरेकै भएर भाग्यले पनि साथ दियो । साथमा प्रशिक्षकले पनि राम्रो प्रशिक्षण दिएका थिए ।

यो अवसर गुमाएको भए यतिको केन्द्रित भएर शायद अर्को प्रतियोगिता खेलिदैनथ्यो होला भन्ने लागेको थियो। हामी ६÷७ जनाले कम्तिमा युवा खेलाडीलाई छोडिदिन पथ्र्यो होला । किनभने हामिले तिन चार पटक विश्व क्रिकेट लिगमा प्रयास गरिसकेका थियौं । त्यसले गर्दा म आफैलाई ५० ओभरमा अब निरन्तरता दिन्न कि भन्ने शंका थियो ।

 यथार्थमा भन्नु पर्दा डिभिजन दुईमा पुग्नु या नपुग्नु हाम्रो क्यारिएरसँग जोडिएको कुरा थियो । क्रिकेटमा भविश्य सुनिश्चित छैन त्यो हामीलाई थाहा थियो। कम्तिमा डिभीजन दुईमा पुगियो भने केहि मात्रामा अवसर र केहि मात्रामा आर्थिक स्थिति मजबुत हुने कुरा थियो। यो हाम्रो सपना र लक्ष्य सबै थियो । साथमा यो पुस्तामा नेपाली क्रिकटले धेरै आशा गरेको थियो । त्यो स्वभाविक थियो । हामी लामो समयसम्म खलिरहेका थियौं । धेरै खारिएका खेलाडी थिए । यो पुस्ताले गर्न नसके फेरि अर्को यस्तै टिम तयार गर्न भनेको १० बर्ष लाग्थ्यो । यसपटक असफल भएको भए हाम्रो यात्रा धेरै निराशाजनक हुन्थ्यो । यत्रो बर्ष खेलियो । १० बर्ष हुन लागिसक्यो खेलेको, मिहिनेत गरेका आखिर आएर के भयो त भन्दा केहि न केहि, भनेर नमज्जा लागेको थियो ।

जुन तरिकाले हामी प्रतियोगितामा गाको थियौं, अगाडी राम्रो नतिजा निकालेका थियौं । तयारी राम्रो थियो । तरैपनि लगातार दुई खेल हायौं । सिनीयर टिममा हामिले ५० ओभरमा दुइवटा म्याच लगातार हारेकै थिएनौं । इटाली विरुद्धको खेलमा टस जित्नु एकदम जरुरी थियो । पहिले ब्याटिङ गरेको भए त्यत्तिको अन्तरमा जित्न असंभब थियो । हामीले पहिले ब्याटिङ गरेको भए धेरै भएको भए २०० रन बन्थ्यो । अनि हामिलाई सय रनको अन्तरले जित्नु पर्दथ्यो जुन असंभव नै थियो ।
 टस जित्यौं । उनीहरुलाई रन हान्न दिएनौं । सोचे अनुरुप भयो। सुवास र प्रदिपले राम्रो खेले, सोचे अनुरुप सहज तरिकाले खेल जित्यौं । त्यतिबेला मलाई के लाग्यो भने सबै कुरा शायद लेखिएको हुँदो रहेछ । तर त्यसलाई पाउन सकारात्मक सोच र मिहिनेतको आवश्यकता हुदो रहेछ । प्रशिक्षक र टिमको इच्छा शक्तिले पनि हामीलाई सहयोग गर्यो । 
यो उपलब्धि हाम्रा लागि सबैभन्दा महत्वपूर्ण छ, खेलाडीको भबिश्यको लागि । म पनि कप्तान भन्दा पहिले एउटा खेलाडी हुँ । कप्तान म हिजो थिइन आज भएँ भोलि नहुन सक्छु । तर खेलाडी रहिरहन्छु । हो खेलाडीको भबिश्य सुनिश्चितताको लागि यो जित महत्वपूर्ण थियो । त्यसैले छनोट हुँदाको पल सबैभन्दा खुशिको थियो । अमेरिका  र बर्मुडा विचको खेलको नतिजा कुर्नु थियो । त्यो लगभग दुई घण्टाको समय सारै तनावपूर्ण थियो । के गर्ने के नगर्ने । कोही कता कोही कता । छनोट भएपछि एकछिन त हो कि होइन जस्तो लाग्यो ।
बर्मुडालाई जित्नै पर्ने अवस्था थियो। नत्र रेलिगेसनमा पर्दथ्यो । हो यहि नेर हाम्रो भाग्य चम्कियो अव माथिल्लो स्तरमा पुगेका छौं । सबैको खेलको स्तर सुधार्न पर्ने चुनौति छ ।  किनकी जुन स्तरमा अब नेपालले खेल्छ, त्यहाँ टिक्न ठुलो परिश्रम चाहिन्छ । हाम्रो भबिश्य सुनिश्चित गर्ने बाटो खुलेको छ । अब हामी आफैले मिहिनेत गर्नुपर्छ । अब कसैको हातमा होइन हाम्रो भविश्य हाम्रै हातमा छ । मिहिनेत गर्यौं भने त्यो स्थानमा पनि पुग्छौं ।

 ब्यक्तिगत रुपमा हामिले आफ्रनो तयारी गरिरहेका छौं । खेलाडीविच प्रतिस्पर्धा पनि छ । नगरि सुख छैन । प्रदर्शन भएन भने टिममा टिकीदैन भन्ने सबैलाई थाहा छ । राम्रो गर्न पर्यो र टिममा फिट पनि हुन पर्यो। कहिलेकाही कस्तो हुन्छ भने खेलाडी राम्रो छ तर टिममा फिट हुदैन । हामीलाई अव ब्याक्तिगत होइन टिमका लागि खेल्ने खेलाडी चाहिन्छ । कुनै खेलाडी अठार बिसको होला तर बिस वाला खेलाडी मै हुँ भनेर बस्छ, अठारको खेलाडीमा सामूहिक भावना छ भने त्यो खेलाडी पहिलो रोजाइमा पर्छ ।
 कप्तानको रुपमा मैले सक्दो गरेको छु । जहाँसम्म मलाई लाग्छ म इमान्दार छु । मैले बोल्ने भनेको मेरो लागि होइन खेलाडीको लागि हो । हामीले जे कुराको चाहना राख्छौं, त्यो हामीले स्वतः पाउनु पर्ने कुरा हो, तर हामीलाई दिइएको हुदैन । हामीले एउटाएउटा कार देउ भनेको पनि छैन । क्रिकेट र खेलकुदको संस्थासँग हामिले माग्ने भनेको सीमित स्रोत साधनमा पनि कतिपय कुरा गर्न सकिन्छ, हो हामी त्यो कुरा खोज्छौं.........