![]() |
कोलम्बो विश्वविद्यालय |
जुन कुरा आफूसँगै निरन्तर छ त्यसको हिसावकिताव
प्राय गरिदैन । मैले पनि मेरो जिवनको एक पाटोको हिसावै गरिनछु । नेपाल ल
क्याम्पससँग मेरो नाता गाँसिएको एक दशक पुग्न लाग्यो । तर पनि भर्खर प्रागंणभित्र
पसेको जस्तो लाग्छ । २०६३ सालमा एलएलबीमा भर्ना भएर मैले यो प्रांगणमा पहिलो पाइला
टेकेकी थिए । एलएलबी र एलएलएम उतिर्ण हुँदै विद्यार्थीका रुपमा त्यहाँ पाँच वर्ष
विताए । अहिले संकाय सदस्यका रुपमा अध्यापन गराउन थालेको तिन वर्ष वितीसक्यो । यो
विचमा धेरै कुरा परिवर्तन भइसके । कानून संकायमा सबैसँग राम्रो घुलमेल छ मेरो । तर
मलाइ थाहा थिएन की, म मेरो प्यारो नेपाल ल क्याम्पसको टेबल, कुर्सी, भित्ता, डिन सरको अफिस, क्याम्पस प्रमुखको अफिस, क्यान्टेन, शौचालय आदी आदी सबैलाइ उत्तिकै
माया गर्दो रहेछु ।
मेरो
मानसपटलमा यीनका तस्विर यसरी गाँसिएका रहेछन् कि मलाइ प्राध्यापकहरु आराम गर्न
बस्ने सहायक क्याम्पस प्रमुखको कोठाको च्यातिएको सोफा समेत याद रहेछ । तर आफैभित्र
भएको यो न्यानो अनुभूतिलाइ अनुभव गर्न मलाइ श्रीलंका पुग्न पर्यो । कोलम्बो शहर
अनि कोलम्बो विश्वविद्यालयलाइ बुझ्न पर्यो । भनिन्छ जव तुलना गर्ने मौका मिल्छ तब
मान्छेले अपनत्वको व्याख्या गर्न सक्छ रे । मेरो हकमा यस्तै भयो । म यस्तै महसुस
गरिरहेकी छु । रेडियो नेदर्लयान्डसले मिलाइ दिएको एक अवसर महिला र प्रजनन
स्वास्थ्यका विषयमा भएको रिफ्रेसर कोर्सले कोलम्बोमा पाइला टेक्ने अवसर दिलाइ दियो
।
सफा सुन्दर हरियाली तथा समुन्द्रले घेरिएको कोलम्बो शहरले धुलो मैलो प्रदुशित
साँघुरो अव्यवस्थित काठमाडौ बासिन्दा मलाइ नलोभ्याउने कुरो भएन । म पनि लोभिए । तर
मेरो कोलम्बो शहरमाथिको मोहमा आफ्नै कारण थियो । झन्डै पाँच वर्ष अगाडी मात्र निमिट्यान्न
भएको तमिल टाइगर्सको श्रीलंका कस्तो भएको छ त्यो मलाइ हेर्नु थियो । कोलम्बोको गगन
चुम्बी भवन तमिल टाइगर्सले सन १९९६ मा आत्मघाती हमलाले ध्वस्त बनाएको थियो । तर
व्यवस्थित विकासको योजना बोकेको श्रीलंकाले कोलम्बोलाइ यति छोटो समयमा शान र
गौरवका साथ उभिन सक्ने बनाइसकेको रहेछ । अझै आकर्षक बनिसकेको रहेछ ।
![]() |
अध्यनका लागि खुल्ला लाइब्रेरी |
आफू प्राध्यापनमा संलग्न भएका कारण हुन सक्छ
मलाइ कोलम्बोको भब्यता भन्दा कोलम्बो विश्वविद्यालयको सुन्दरताले अझै लोभ्यायो ।
हरेक संकायका भवन, यसको विशाल क्षेत्र ठुला ठुला छत मुनिख पढ्ने लाइब्रेरी शान्त वातावरण र
नकोरिएका भित्ताले । "अहो हाम्रो कलेजको एउटा भवनको एरिया जत्रो त एउटा पढ्ने
ठाउँ रहेछ ।" कोलम्बो यूनिभर्सिटीमा छिरेपछीको यो मेरो पहिलो बाक्य वाक्य थियो । एक बाक्यमै
म शान्त भए । किनकी त्यहाँ दर्जनौ विद्यार्थी अध्ययनमा व्यस्त थिए । म धेरै कराउनु
उनिहरुको एकाग्रतालाइ विथोल्नु थियो । तर त्यहाँको विश्वविद्यालयका सुविधा नाप्दै
जाँदा नेपाल ल क्यम्पसका हरेक चिजविज मेरो आँखा अगाडी नाँच्न थाले । म मनमनै मेरो
क्याम्पसको सानो लाइब्रेरीलाइ सम्झदै तुलना गर्दै कलेज भित्र छिर्दै गँए ।
कोलम्बो
विश्वविद्यालयका प्राय सबै संकायका भवनमा घुमे । त्यहाँको सुन्दर भवन सफा हरियाली
वातावरणसँग म प्रदशनीमार्गको त्यो तीन वटा भवन र एउटा सानो बगैचा नाप्न थाले
दाँज्न थाँले । म सँग चुकचुकाउनुको विकल्प थिएन । कठै साँघुरो क्षेत्रफलमा
गुम्सिएको मेरो ल क्याम्पस ।
कानून संकायको डिनलाइ भेट्ने चक्करमा म मानविकी
संकायकी उपप्राध्याक कुमेश प्रभासिनीको पछि लागेर जाँदै गर्दा भने मेरो मन अझै कुँडियो
। सोधपुछका क्रममा म जव एक पछि अर्को प्राध्यापकको अफिसमा छिर्दथे आश्चर्य चकित
हुन्थे । एउटा सानो भान्छा कोठा सहायकको टेबल कुर्सी बैठक गर्ने रुम जोडिएको
वाथरुम र भित्रपट्टि सजिएको शानदार कोठाभित्र प्राध्यापक । हरेकसँग भेट्घाटका लागि
उनका सहायकसँग समय लिन पर्ने । यो दृश्यले मैले झट्ट मेरो ल क्याम्पसमा प्राध्यापक
वस्ने कोठाको च्यातिएको सोफा सम्झिए । यो पटक तुलनामै मात्र मेरो मन अडिएन छ ।
मेरा आँखा रसाएछन् ।
त्यो पहिलो पटक थियो मैले त्यो कुर्सी सम्झिएको । यति
व्यवस्थित प्राध्यापकको बसाइ छ भने पठनपाठन कस्तो होला । "स्नातकसम्म शिक्षा निशुल्क
छ, सम्पूर्ण लगानी सरकारको हो, विद्यालय स्तरमा
पाठ्यपुस्तक निशुल्क छ" मेरो जिज्ञासामा कुमेशले जवाफ दिइन। बल्ल मैले बुझे
श्रीलंकाको झन्डै शतप्रतिशत साक्षरताको रहस्य । मेरा आँखा अगाडी नेपालको
महगो शिक्षा निती झलझली आए ।
श्रीपाली कलेज मास कम्यूनिकेसन संकाय भ्रमणमा |
दुइ
साता वसाइको क्रममा मैले श्रीलंकामा शिक्षाको उन्नतिको धेरै कारण थाहा पाएँ ।
त्यहाँ कलेजमा विद्यार्थी युनियनले राजनैतिक कुरा गर्दैन । खाली शिक्षाको
गुणस्तरको कुरा हुन्छ । कुनै कारणले कलेज बन्द गरिदैन । कलेज भित्र राजनैतिक बहस
हुदैन । शिक्षक सेवामा प्रबेश गर्ने शिक्षकलाइ अनिवार्य शिक्षण विधि तालिम लिन
पर्छ । "भर्खरै सम्पन्न निर्वाचनमा सहभागी सबै दलले एउटा कलेजको हलमा छलफल कार्यक्रम
गर्न लागेका थिए विद्यार्थी युनियनले गेटमा वसेरै विरोध गरे कुनै राजतिक नेतालाइ
पस्न दिएनन् । यो खवरले मिडियामा पहिलो प्राथमिकता पाएको थियो"। श्रीलका ब्रोडकस्टीङ्
कर्पोरेसनका समाचार सम्पादक दर्शना अशोकाले हामीले वसाइका क्रममा सुनाए । मैले
यतिवेला हाम्रा कलेजका युनियनका राजनैतिक गतिविधी बेलाबेलामा हुने तालावन्दी
सबैलाइ तुलना गर्न भ्याइसकेको हुन्थे ।
हुन त श्रीलंका मात्र त्यस्तो देश होइन जहाँ यो
सब व्यवस्थित शिक्षा छ भौतिक सुविधा छ । यो भन्दा हजारौ व्यवस्थित र सुन्दर कलेज
छन विश्वविद्यालय छन् । म स्वयंले पनि पहिलो पटक यो विकास देखेकी होइन । सन २००९
मा घुमेको नेदरल्यान्डसका विश्वविद्यालयका अगाडी यो केही थिएन। तर दक्षिण एसियाली
राष्ट्र थियो । हाम्र जस्तै आन्तरिक द्वन्दको उस्तै उस्तै कहानी भएको देश थियो । तर
मेरो देशको शिक्षा किन यस्तो तर श्रीलंकाको किन त्यस्तो भनेर मेरो मन कुँडिएको
थियो ।
क्षेत्रफल र जग्गाको हिसावले कोलम्बो र त्रिभुवन विश्वविद्यालय उत्तिकै धनि
छन् । तर सुविधा र अध्ययनको वातावरणमा देखिएको दाँज्नै नमिल्ने फरकपनले म कुँडिएकी
थिए । माआवादी द्वन्दले सबै भन्दा बढि शिक्षामा असर पुगेकी देखेको म तमिल
टाइगर्ससँगको लामो संघर्षले एक इन्च नडगमगाएको श्रीलंकाको शिक्षाको विकासले मेरो
मन कुँडिएको थियो ।
मेरो मात्र होइन मसँगै यात्रामा रहनु भएका सन्चारकर्मी दीपेश
खनाल रोस्ना सुब्बा र राजन पराजुली यो सफलताका कथाको साक्षी भएर नेपाल फर्कियौं ।
पुरानै ड्युटीमा फर्कदै म त्यही च्यातिएको सोफा र साँघुरो कलेज वातावरणमा
फर्किसँके । तर मनमा एउटा प्रश्नले सताइरहेछ, की उनिहरुको यो व्यवस्थित पद्धती नेपालमा केहि
मात्रामा भए पनि लागु गर्न पाए…………..
मार्मिक प्रस्तुति !
ReplyDelete