Pages

Showing posts with label Faulty of Law. Show all posts
Showing posts with label Faulty of Law. Show all posts

Sunday, October 11, 2015

श्रीलंकाको शिक्षाले कुँडिएको मेरो मन

                            
कोलम्बो विश्वविद्यालय
जुन कुरा आफूसँगै निरन्तर छ त्यसको हिसावकिताव प्राय गरिदैन । मैले पनि मेरो जिवनको एक पाटोको हिसावै गरिनछु । नेपाल ल क्याम्पससँग मेरो नाता गाँसिएको एक दशक पुग्न लाग्यो । तर पनि भर्खर प्रागंणभित्र पसेको जस्तो लाग्छ । २०६३ सालमा एलएलबीमा भर्ना भएर मैले यो प्रांगणमा पहिलो पाइला टेकेकी थिए । एलएलबी र एलएलएम उतिर्ण हुँदै विद्यार्थीका रुपमा त्यहाँ पाँच वर्ष विताए । अहिले संकाय सदस्यका रुपमा अध्यापन गराउन थालेको तिन वर्ष वितीसक्यो । यो विचमा धेरै कुरा परिवर्तन भइसके । कानून संकायमा सबैसँग राम्रो घुलमेल छ मेरो । तर मलाइ थाहा थिएन की, म मेरो प्यारो नेपाल ल क्याम्पसको टेबल, कुर्सी, भित्ता, डिन सरको अफिस, क्याम्पस प्रमुखको अफिस, क्यान्टेन, शौचालय आदी आदी सबैलाइ उत्तिकै माया गर्दो रहेछु ।
 मेरो मानसपटलमा यीनका तस्विर यसरी गाँसिएका रहेछन् कि मलाइ प्राध्यापकहरु आराम गर्न बस्ने सहायक क्याम्पस प्रमुखको कोठाको च्यातिएको सोफा समेत याद रहेछ । तर आफैभित्र भएको यो न्यानो अनुभूतिलाइ अनुभव गर्न मलाइ श्रीलंका पुग्न पर्यो । कोलम्बो शहर अनि कोलम्बो विश्वविद्यालयलाइ बुझ्न पर्यो । भनिन्छ जव तुलना गर्ने मौका मिल्छ तब मान्छेले अपनत्वको व्याख्या गर्न सक्छ रे । मेरो हकमा यस्तै भयो । म यस्तै महसुस गरिरहेकी छु । रेडियो नेदर्लयान्डसले मिलाइ दिएको एक अवसर महिला र प्रजनन स्वास्थ्यका विषयमा भएको रिफ्रेसर कोर्सले कोलम्बोमा पाइला टेक्ने अवसर दिलाइ दियो । 
सफा सुन्दर हरियाली तथा समुन्द्रले घेरिएको कोलम्बो शहरले धुलो मैलो प्रदुशित साँघुरो अव्यवस्थित काठमाडौ बासिन्दा मलाइ नलोभ्याउने कुरो भएन । म पनि लोभिए । तर मेरो कोलम्बो शहरमाथिको मोहमा आफ्नै कारण थियो । झन्डै पाँच वर्ष अगाडी मात्र निमिट्यान्न भएको तमिल टाइगर्सको श्रीलंका कस्तो भएको छ त्यो मलाइ हेर्नु थियो । कोलम्बोको गगन चुम्बी भवन तमिल टाइगर्सले सन १९९६ मा आत्मघाती हमलाले ध्वस्त बनाएको थियो । तर व्यवस्थित विकासको योजना बोकेको श्रीलंकाले कोलम्बोलाइ यति छोटो समयमा शान र गौरवका साथ उभिन सक्ने बनाइसकेको रहेछ । अझै आकर्षक बनिसकेको रहेछ ।
अध्यनका लागि खुल्ला लाइब्रेरी
आफू प्राध्यापनमा संलग्न भएका कारण हुन सक्छ मलाइ कोलम्बोको भब्यता भन्दा कोलम्बो विश्वविद्यालयको सुन्दरताले अझै लोभ्यायो । हरेक संकायका भवन, यसको विशाल क्षेत्र ठुला ठुला छत मुनिख पढ्ने लाइब्रेरी शान्त वातावरण र नकोरिएका भित्ताले । "अहो हाम्रो कलेजको एउटा भवनको एरिया जत्रो त एउटा पढ्ने ठाउँ रहेछ ।" कोलम्बो यूनिभर्सिटीमा छिरेपछीको यो मेरो पहिलो बाक्य वाक्य थियो । एक बाक्यमै म शान्त भए । किनकी त्यहाँ दर्जनौ विद्यार्थी अध्ययनमा व्यस्त थिए । म धेरै कराउनु उनिहरुको एकाग्रतालाइ विथोल्नु थियो । तर त्यहाँको विश्वविद्यालयका सुविधा नाप्दै जाँदा नेपाल ल क्यम्पसका हरेक चिजविज मेरो आँखा अगाडी नाँच्न थाले । म मनमनै मेरो क्याम्पसको सानो लाइब्रेरीलाइ सम्झदै तुलना गर्दै कलेज भित्र छिर्दै गँए । 
कोलम्बो विश्वविद्यालयका प्राय सबै संकायका भवनमा घुमे । त्यहाँको सुन्दर भवन सफा हरियाली वातावरणसँग म प्रदशनीमार्गको त्यो तीन वटा भवन र एउटा सानो बगैचा नाप्न थाले दाँज्न थाँले । म सँग चुकचुकाउनुको विकल्प थिएन । कठै साँघुरो क्षेत्रफलमा गुम्सिएको मेरो ल क्याम्पस ।
कानून संकायको डिनलाइ भेट्ने चक्करमा म मानविकी संकायकी उपप्राध्याक कुमेश प्रभासिनीको पछि लागेर जाँदै गर्दा भने मेरो मन अझै कुँडियो । सोधपुछका क्रममा म जव एक पछि अर्को प्राध्यापकको अफिसमा छिर्दथे आश्चर्य चकित हुन्थे । एउटा सानो भान्छा कोठा सहायकको टेबल कुर्सी बैठक गर्ने रुम जोडिएको वाथरुम र भित्रपट्टि सजिएको शानदार कोठाभित्र प्राध्यापक । हरेकसँग भेट्घाटका लागि उनका सहायकसँग समय लिन पर्ने । यो दृश्यले मैले झट्ट मेरो ल क्याम्पसमा प्राध्यापक वस्ने कोठाको च्यातिएको सोफा सम्झिए । यो पटक तुलनामै मात्र मेरो मन अडिएन छ । मेरा आँखा रसाएछन् । 
त्यो पहिलो पटक थियो मैले त्यो कुर्सी सम्झिएको । यति व्यवस्थित प्राध्यापकको बसाइ छ भने पठनपाठन कस्तो होला । "स्नातकसम्म शिक्षा निशुल्क छ, सम्पूर्ण लगानी सरकारको हो, विद्यालय स्तरमा पाठ्यपुस्तक निशुल्क छ" मेरो जिज्ञासामा कुमेशले जवाफ दिइन। बल्ल मैले बुझे श्रीलंकाको झन्डै शतप्रतिशत साक्षरताको रहस्य । मेरा आँखा अगाडी नेपालको महगो शिक्षा निती झलझली आए ।
श्रीपाली कलेज मास कम्यूनिकेसन संकाय भ्रमणमा
 दुइ साता वसाइको क्रममा मैले श्रीलंकामा शिक्षाको उन्नतिको धेरै कारण थाहा पाएँ । त्यहाँ कलेजमा विद्यार्थी युनियनले राजनैतिक कुरा गर्दैन । खाली शिक्षाको गुणस्तरको कुरा हुन्छ । कुनै कारणले कलेज बन्द गरिदैन । कलेज भित्र राजनैतिक बहस हुदैन । शिक्षक सेवामा प्रबेश गर्ने शिक्षकलाइ अनिवार्य शिक्षण विधि तालिम लिन पर्छ । "भर्खरै सम्पन्न निर्वाचनमा सहभागी सबै दलले एउटा कलेजको हलमा छलफल कार्यक्रम गर्न लागेका थिए विद्यार्थी युनियनले गेटमा वसेरै विरोध गरे कुनै राजतिक नेतालाइ पस्न दिएनन् । यो खवरले मिडियामा पहिलो प्राथमिकता पाएको थियो"। श्रीलका ब्रोडकस्टीङ् कर्पोरेसनका समाचार सम्पादक दर्शना अशोकाले हामीले वसाइका क्रममा सुनाए । मैले यतिवेला हाम्रा कलेजका युनियनका राजनैतिक गतिविधी बेलाबेलामा हुने तालावन्दी सबैलाइ तुलना गर्न भ्याइसकेको हुन्थे ।

हुन त श्रीलंका मात्र त्यस्तो देश होइन जहाँ यो सब व्यवस्थित शिक्षा छ भौतिक सुविधा छ । यो भन्दा हजारौ व्यवस्थित र सुन्दर कलेज छन विश्वविद्यालय छन् । म स्वयंले पनि पहिलो पटक यो विकास देखेकी होइन । सन २००९ मा घुमेको नेदरल्यान्डसका विश्वविद्यालयका अगाडी यो केही थिएन। तर दक्षिण एसियाली राष्ट्र थियो । हाम्र जस्तै आन्तरिक द्वन्दको उस्तै उस्तै कहानी भएको देश थियो । तर मेरो देशको शिक्षा किन यस्तो तर श्रीलंकाको किन त्यस्तो भनेर मेरो मन कुँडिएको थियो । 
क्षेत्रफल र जग्गाको हिसावले कोलम्बो र त्रिभुवन विश्वविद्यालय उत्तिकै धनि छन् । तर सुविधा र अध्ययनको वातावरणमा देखिएको दाँज्नै नमिल्ने फरकपनले म कुँडिएकी थिए । माआवादी द्वन्दले सबै भन्दा बढि शिक्षामा असर पुगेकी देखेको म तमिल टाइगर्ससँगको लामो संघर्षले एक इन्च नडगमगाएको श्रीलंकाको शिक्षाको विकासले मेरो मन कुँडिएको थियो । 

मेरो मात्र होइन मसँगै यात्रामा रहनु भएका सन्चारकर्मी दीपेश खनाल रोस्ना सुब्बा र राजन पराजुली यो सफलताका कथाको साक्षी भएर नेपाल फर्कियौं । पुरानै ड्युटीमा फर्कदै म त्यही च्यातिएको सोफा र साँघुरो कलेज वातावरणमा फर्किसँके । तर मनमा एउटा प्रश्नले सताइरहेछ, की उनिहरुको यो व्यवस्थित पद्धती नेपालमा केहि मात्रामा भए पनि लागु गर्न पाए…………..