महेश र उषा दुबै नाम मेरा लागि प्यारा छन् । दुवैसँगको मेरो
भेट धेरै पुरानो होइन तर सुमधुर छ। उषासँग संन्जोगले केहि दिन मैलै सहकार्य गर्न
पाइरहेकी छू । महेश अमेरिकामा अध्ययन गर्दै । तर पनि सामाजिक सन्जाल छदैछ हामीलाइ
नजिक्याउने। फेसबुककै कारण मैले महेशको मंगलवार (जेष्ठ २८ गते
२०७६) यो स्टाटस पढ्न पाएँ । यो एउटा फरक शुभकामना थियो । जुन मेरो मानस्पटलमा घुमिरह्यो र
मलाइ उत्प्रेरित गरिरह्यो केही हरफ लेख्नलाइ….
स्टाटस यसरि शुरु हुन्छ
"महिला तथा सज्जनवृन्द,
आाज मेरो वहिनीको जन्मदिन हो । यो
जन्मदिनमा म उनलाइ यो सन्देश समर्पित गर्दछु " ६ वर्ष अगाडी मेरा अभिभावक
तथा मेरा आफन्त मेरो वहिनीको विवाह गरिदिन चाहन्थे । उनी भर्खर युवा अवस्थामा
प्रवेश गर्दै थिइन्। कम उमेरमै विवाह गर्ने चलन रहेको हाम्रो समाजमा सबैलाइ उनको
विहे गर्ने उमेर त्यही सही लागेको थियो । फेरि उनको विवाहले मेरा अरु भाइ वहिनीको
विवाहको वाटो पनि खुल्थ्यो…मेरो वहिनी विवाहका लागि मानिनन् । म
पनि असहमत भएँ । बधाइ छ वहिनी तिमीलाइ समाजको यो अवरोध तोडेकोमा,…" पढ्दै
जाँदा यसो पनि भेटे "It may not be a big deal for most of the
people reading this post, but for us, it is! It is a big deal to have the
courage to bring about a positive change, be in the family or in society. It is
a big deal to resist social traditions and challenge conservative minds. And it
is a big deal to succeed in the face of these challenges…..यिनै
वाक्यले मलाइ केहि लेख्ने उर्जा थप्यो ।
महेशलाइ मेरो सन्देश "परिवर्तन
गर्नुपर्छ भन्नु र परिवर्तनका कारक बन्नु दुइ फरक कुरा हुन् । यी दुइ मध्यै दोस्रो काम ज्यादै नै गारो छ । जुन वोलेर मात्र हुदैन उदाहरण बनेर देखाउन सक्नुपर्छ । यसका लागि हरेक परिस्थतीमा
संघर्ष गर्न तयार हुन पर्छ ।

वाह वाह, अति नै मार्मिक जुन शब्दले जति ब्यक्त गरेपनी थोरै हुन जान्छ।उदहारणियको लागि धन्यवाद र जन्म दिनको ढिलै भएनी मुरिमुरी सुभकामना।
ReplyDelete