नेपालको न्यायापिलकाको इतिहासमा न्यायलयको बिबाद र न्यायधिश नियुक्तिको बिषय यति लामो समयसम्म बहसको बिषय बनेको शायद यो पहिलो पटक होला ।
जसको म जस्तो न्यायपालिको सम्मान, आदर, न्यायका लागि बहस गर्छु भनेर भर्खर यो क्षेत्रमा पाइला टेकेकी अधिबक्ताको लागि अन्योल र निराशाको वातावरण बनिरहेको छ । म आफै यस संकटपूर्ण अवस्थाको प्रत्यक्षदर्शि बनिरहदा न्यायपालिकामा अहिले संकटकाल लागेको आभाष भईरहेको छ । न्यायको एउटा प्रमुख सिद्धान्त छ, “न्याय गरेर हुदैन न्याय पर्नु पर्छ,”। न्यायधिश नियुक्तिको यो बहस मेरो बुझाई न्याय परेन भन्ने हो।
निर्णय गर्नेले न्याय गरे भनेर ठोकुवा गरे, जसको विरुद्धमा निर्णय गरियो त्यसले न्याय परेको महसुुस गरेन । अस्थायी बाट घर फर्कन बाध्य न्यायधिशको अनुहारमा अहिले यहि गुनासो छ, अरुलाई न्याय परेको नपरेको आफुले हेरियो, अव आफुलाई न्याय नपरेको कसले हेर्ने? सामदाम दण्ड भेद लगाएर हटाइएका एक पूर्ब न्यायधिशसँंग मेरो केहि दिन लगत्तै साक्षात्कार गर्ने मौका मिलेको थियो । “कुनै फाइदा बेफाइदा नसोचि आफ्रनो जिम्वेवारी पुरा गरियो, यसरि बेइज्जतिपूर्ण विदाई भयो” वहाँको यो वाक्यले ममा यति निराशा जन्मायो कि त्यो म शब्दमा लेख्न सक्दिन ।
कोहि योग्य र सक्षमलाई हटाउन तिथि मिति कुरैर वस्नु, योजना बनाएरै लागि पर्नु, “राम्रा भन्दा हाम्रा”लाई प्रश्रय दिनु कत्तिको सही हुन्छ । न्यायमूर्ति भनेर सबैले आदर गर्ने आहोदा हो न्यायधिको कुर्सि । जहाँ बस्नु
अघि नै विवादको घेरामा परेका ब्यक्तिलाई सर्वोच अदालतमा स्वागत गर्दा, भोलिका दिनमा यसको गरिमा कस्तो हुन्छ ।
आचरण नै नचाहिने हो, विधि र प्रकृया नचाहिने हो भने जसलाई न्यायधिश बनाए नि भईहाल्यो । कसले कस्तो खेल खेल्यो, त्यो मेरो बुझाई भन्दा बाहिरको बिषय बन्ला । तर आजको दिन सम्म आइपुग्दा के प्रमाणित भएको छ भने, सहि बाटोमा हिड्नेको अगाडी बाधा बनेर उभिन पनि सहज नहुदोरहेछ ।
जसले न्यायपालिकामा यो रमिते खेल खेल्यो, उसले पक्कै बुज्यो होला कि सत्यमा हिड्नेलाई डगमगाउन सहज हुदो रहेनछ । जसले खराव प्रवृत्तिको सुरुआत गर्छ, त्यो आफै एकदिन त्यसको भुमरिमा फस्छ । कुरा खालि ढिलो चाँढोको मात्र हो ।
-सन्दर्भ कानुन दिवस
No comments:
Post a Comment