Pages

Wednesday, June 12, 2019

एउटा फरक शुभकामना


महेश र उषा दुबै नाम मेरा लागि प्यारा छन् । दुवैसँगको मेरो भेट धेरै पुरानो होइन तर सुमधुर छ। उषासँ‌ग संन्जोगले केहि दिन मैलै सहकार्य गर्न पाइरहेकी छू । महेश अमेरिकामा अध्ययन गर्दै । तर पनि सामाजिक सन्जाल छदैछ हामीलाइ नजिक्याउने। फेसबुककै कारण मैले महेशको मंगलवार (जेष्ठ २८ गते २०७६यो स्टाटस पढ्न पाएँ । यो एउटा फरक शुभकामना थियो । जुन मेरो मानस्पटलमा घुमिरह्यो र मलाइ उत्प्रेरित गरिरह्यो केही हरफ लेख्नलाइ….
स्टाटस यसरि शुरु हुन्छ
"महिला तथा सज्जनवृन्द,  
आाज मेरो वहिनीको जन्मदिन हो । यो जन्मदिनमा म उनलाइ यो सन्देश समर्पित गर्दछु " ६ वर्ष अगाडी मेरा अभिभावक तथा मेरा आफन्त मेरो वहिनीको विवाह गरिदिन चाहन्थे । उनी भर्खर युवा अवस्थामा प्रवेश गर्दै थिइन्। कम उमेरमै विवाह गर्ने चलन रहेको हाम्रो समाजमा सबैलाइ उनको विहे गर्ने उमेर त्यही सही लागेको थियो । फेरि उनको विवाहले मेरा अरु भाइ वहिनीको विवाहको वाटो पनि खुल्थ्योमेरो वहिनी विवाहका लागि मानिनन् । म पनि असहमत भएँ । बधाइ छ वहिनी तिमीलाइ समाजको यो अवरोध तोडेकोमा,…" पढ्दै जाँदा यसो पनि भेटे "It may not be a big deal for most of the people reading this post, but for us, it is! It is a big deal to have the courage to bring about a positive change, be in the family or in society. It is a big deal to resist social traditions and challenge conservative minds. And it is a big deal to succeed in the face of these challenges…..यिनै वाक्यले मलाइ केहि लेख्ने उर्जा थप्यो ।
महेशलाइ मेरो सन्देश "परिवर्तन गर्नुपर्छ भन्नु र परिवर्तनका कारक बन्नु दुइ फरक कुरा हुन् । यी दुइ मध्यै दोस्रो काम ज्यादै नै गारो छ । जुन वोलेर मात्र हुदैन उदाहरण बनेर देखाउन सक्नुपर्छ । यसका लागि हरेक परिस्थतीमा संघर्ष गर्न तयार हुन पर्छ । 
उषाले रोजेको यो दोस्रो कठिन वाटोमा तिमीले दिएको ढाडसको महत्व अझ धेरै छ। यो हौसला उषाका लागि  । बोलेरै मात्र विश्व हाँक्नै नेपाली समाज माझ तिमीले दिएको हौसला र उषाले लिएको संकल्पले उषा अहिले प्रगति पथमा बढ्दैछिन । अध्ययन अगाडी बढाउदैछिन । हामिसँग सहकार्य गर्दैछिन । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तिम्रा अभिभावक तिमीहरुसँगै उभिनु पनि गौरवको कुरा हो । जुन सभ्रान्त र शीक्षित भनिएका परिवारमा विरलै भेटिन्छन् ।  परिवर्तनका तिमी दुइ हस्तीहरुसँग कुनै न कुनै पलमा सहकार्य गर्न पाउनु मेरा लागि यति आनन्दायी र प्रेरक बनेको छ की आफुलाइ पनि भाग्मानी ठान्दछु । यो तिम्रो सन्देश मेरा लागी साँच्चै नै big deal हो । जो आफूलाइ परिवर्तन गरेर समानताको वाटोमा आफू हिड्छन र अरुलाइ संगै लिएर हिड्छन् उनीहरुका लागि यो यात्रा धेरै ठुलो र गौरवको विषय हो। 

Tuesday, July 31, 2018

डायससँग जोडिएको नेपाल नेदरल्यान्ड्स

भुगोलको हिसावले नेपाल भन्दा धेरै सानो, विकासको हिसावले नेपालले छुनै नसक्ने गरी माथि, सभ्यताका हिसावले विश्वमै उदारणीय राष्ट्र हो नेदरल्यान्ड्स । क्रिकेटकै माहौलमा-भलादमीहरुको खेल भनेर चिनिने यो सभ्य खेलमा लौ नेपाल र नेदर्ल्यान्ड्सको तुलना गरौं न त । जवजव नेपाल र नेदरल्यान्ड्सको खेल हुने समय आउछ मलाइ यो कौतुहलता लागिरहन्छ । यसो लाग्नुमा नेदरल्यान्ड्समा मेरो छोटो तर मिठो वसाइको स्मरण हो वा नेपाली क्रिकेटसँगको झन्डै १५ वर्षभन्दा लामो सहयात्रा छुट्याउन गार्हो छ । त्यसमा नेपालका पूर्व प्रशिक्षक रोय ल्युक डायससँग जोडिएको अर्को सन्दर्भ। कारण जे भएपनि नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तरिष्ट्रय प्रतियोगिता नेदरल्यान्ड्स विरुद्ध खेल्दै गर्दा यो कौतुहलता अझ चुलिएर आयो । अन्तत: सन् २००८ अर्थात १० वर्ष अगाडीको त्यो स्मरण खोल्ने विचार गरेँ ।
तीन महिनाको नेदर्ल्यान्ड्स वसाइ । प्रशिक्षणमा दैनिक विहान Daily Editorial अर्थात विश्वभरिका मूख्य समाचार बनाउन पर्ने । जव खेलकूद समाचारको पालो उथ्यो सबैको दिमागमा फुटवल टेनिस एथलेटिक्स वास्केटवल यस्तै यस्तै खेलहरु । धेरै अफ्रिकन केही एसियन प्रशिक्षार्थी हामी। प्रशिक्षक सवै युरोपियन । विशेषगरी नेदरल्यान्डसका । अधिकांशको रोजाइमा खेलका लामै सूचि लगाए पनि क्रिकेट पर्दैनथ्यो । नेपालवाट सन्तोष झा र म, भारतका विलाल भट्ट अफगानिस्तानका अली अहमद हामी चारजनाका लागि क्रिकेट खेलमा रुचि वेग्लै थियो।  इन्डोनिसयाकी युली जुन्डालाइ क्रिकेटको '' पनि थाहा थिएन। रेडियो टेलिभिजनको प्रशिक्षण। कसरी छोटो समयमा पुरै समाचार अटाउने भन्ने जूक्ति सिक्न नै जम्मा भएका। Daily Editorial बनाउने हरेक दिन अलगअलग टिमको जिम्मा हुन्थ्यो ।
क्रिकेट त Daily Editorial मा राख्नै पर्ने भो तर कसरी? जव सन्तोष दाइले क्रिकेटको कुरा राख्नु भो "क्रिकेटको समाचार छोटोमा कसरी लेख्ने र भन्ने? विकेट रन अभर दुइ इनिङ्को भन्न त समय धेरै लाग्छ" कोर्स लिडर फन्स पिटरको प्रतिक्रया । तर पनि हामी सवैको एकमत भएपछी उनले "हेरम न त" भने । भोलीपल्ट क्रिकेटको समाचार बन्यो । चार लाइनको समाचार थियो त्यो । कुन खेल हो याद चैं अहिले छैन । "क्रिकेट खेललाइ पनि यति सरल र छोटो भाषामा समाचार वनाउन सकिन्छ भन्ने लागेको थिएन तर सकिदो रहेछ" पिटरले सकारात्मक प्रतिक्रिया दिए ।

यसले विकसित सुन्दर र सभ्य राष्ट्र नेदर्ल्यान्डसमा यो खेल कति अकलोकप्रिय थियो सजिलै अनुमान लगाउन सकिन्छ । हुन पनि हामीले त्यहाँको वसाइमा स्केटिङ्, बुद्धिचाल, हक्की, साइक्लिङ, बक्सिङ् वास्केटवल, एथलेटिक्स, टेनिस सबै खेलको स्थलगत रिपोर्ट वनायै । फुटवलमा त डच लिग (इरिडिभिजे), महिला लिग हेर्न गइयो समाचार बनाइयो समिक्षा गरियो । हिल्भरसमदेखि म्स्टर्डमसम्म युत्रेख प्राय सबै शहरमा गएर खेलकुदका समाचार र रिपोर्ट बनाइयो । तर क्रिकेटको न कुनै खेल त्यो दौरान भयो न हामी मैदानमा जान पायौं । रिपोर्टिङ्का क्रममा एउटा मैदान क्रिकेटको देखेको थिएँ । त्यतिवेला क्रिकेटमा नेदर्ल्यान्ड्सको सम्वन्ध भनेको श्रीलकंन प्रशिक्षक रोय ल्युक डायस थिए । सन् २००१ मा नेपाल उनु भन्दा अघि डायसले केहि वर्ष नेदरल्यान्ड्सको म्स्टर्डम क्लव क्रिकेट खेलेका थिए उनले हामीलाइ त्यो कुरा वताएका थिए। त्यही कारणले होला मलाइ नेदर्ल्यान्डसमा क्रिकेटको क्रेज कस्तो छ जान्ने इच्छा थियो । त्यतिखेर नेपाल उदा डासयसँग नेपाल र वंगलादेश दुइ मध्ये एउटा रोज्नु थियो । उनले नेपाललाइ रोजेका थिए। "नेपाल जस्तो एउटा गरिव राष्ट्रलाइ क्रिकेटको स्तर उकास्न पाए राम्रो हुन्छ भनेर नेपाल रोजे" उनको यो भनाइलाइ त्यतिखेर श्रीलंकन मिडियाले पनि खुलेर प्रशंसा गरेका थिए । एक दशकको नेपाल वसाइमा डायसले नेपाललाइ जुन उचाइमा पुर्याए त्यो अतुलनीय छ । २००८ मा म नेदरल्यान्डस जाँदा त उनी नेपाली क्रिकेटको पर्याय वनिसकेका थिए। उनको त्यो नेदर्ल्यान्डसको वसाइ थाहा पाएकोले म त्यहाँको क्रिकेटप्रति उत्सुक त थिएँ एक किसीमको हार्दिकता र चासो थियो ममा नेदर्ल्यान्ड्स क्रिकेटप्रति । तर हाम्रो इन्स्टिच्यूट रेडियो नेदर्ल्यान्डसको रोजाइमा त्यो खेल परेन। सन् २००६ मै एकदिवसीय मान्यत पाएको नेदर्ल्यान्डसमा क्रिकेटका समाचारमा रुचि नहुनु हाम्रा लागि अपत्यारिलो थियो । कारण खासै पत्ता लगाउन सकिएन "लामो समय खेल्न र हेर्न पर्ने र वुझ्न पनि अलि कठिन" कसै कसैले प्रतिक्रिया दिन्थे । हाम्रो कोर्स लिडर पिटरको प्रतिक्रिया पनि यस्तै भएकाले नपत्याउनु पर्ने कुरै थिएन । त्यसो त क्रिकेट मन नपराउने या नहेर्ने या नखेल्ने व्यक्ति जो सुकैको कारण पनि यस्तै हुने गर्छन् । तर पनि मिडियाले महत्व दिन थाल्यो भने सामान्य नागरिकले पनि उत्सुकता लिदो रहेछ भन्ने मेलै मेरो देश नेपालमै भएको लोकप्रियतालाइ देखेर अड्कल काटेको छु । अहिले एकदिवसीय र टिट्वान्टी मान्यता प्राप्त राष्ट्र नेदरल्यान्ड्सले क्रिकेटमा राम्रै फड्को मारिरहेको छ । त्यहाँका लेखकहरु १८ औं शताब्दीमै क्रिकेट नेदरल्यान्ड्समा छिरीसकेको वताउँछन् । पछिल्ला दिनमा फुटवल र हकीसँगै क्रिकेटको लोकप्रियता बढ्दैछ । नेपालमा क्रिकेट २० औ शताव्दीमा सुरु भए पनि लोकप्रियताको हिसावले निकै अगाडी छ। टिट्वान्टीको मान्यता पाइसकेको एकदिवसीयको अस्थायी यात्रामा रहेको नेपालको एकदिवयसीय प्रतियोगिताको श्री गणेश बुधवार हुँदैछ । खेल स्तरभन्दा पनि व्यवस्थापकीय लथालिङ्गका कारण नेपालभन्दा नेदर्ल्यान्ड्स अगाडी छ । दुवै राष्ट्रले सन् १९६६ वाट अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) वाट एसोसियट राष्ट्रका मान्यता पाएका हुन्। अव हेरौ एकदिवसीय क्रिकेटमा कसले बढी फट्को मार्छ ।

Tuesday, May 2, 2017

मैले चिनेको सुशिला श्रीमान


तस्विर: इन्टरनेट

यहाँ त अधिवक्ता पवित्रा राउतको वकालतनामा पनि छ त ?"सुशिला कार्की श्रीमानको प्रश्न......
इजलासको पछाडी सिटमा वसिरहेकी म जूरुक्क उठेँ र भने "हजूर श्रीमान म हुँ"
तपाइ हो ?
ल अगाडी आउनुहोस र बहस गर्नुहोस
मेरो सातो पुत्लो उड्यो
आफूले पढ्दै नपढेको मुद्धामा अब के वहस गर्ने ।
कुरो २०६९ सालतिरको हो । मिति मलाइ राम्ररी याद छैन । सर्वोच्च अदालतमा मेरो वहसको पहिलो दिन । सुरुवाती दिनमा मलाइ दिनमा एउटा मुद्धाको तयारी गर्न पनि हम्मे पर्दथ्यो । त्यसमाथी अगाडी गएर वोल्ने साहस जुटाउन त झन कुरै नगरौं । 
दुइ अग्रज अधिवक्ताको सहयोगमा म विस्तारै आफूलाइ अगाडी बढाउदै थिएँ । ति मध्ये एक जना कुलानन्द उपाध्याय जो अहिले नेपाल बारको उपाध्यक्ष हुनुहुन्छ। अर्को ब्यक्तित्व उच्च अदालतको न्यायधिश बनिसक्नु भएको छ ।
त्यसदिन मेरो वकालतनामा दुइ वटा रिट निवेदनमा थियो, ति मध्ये एउटामा तयारी राम्रो थिएन र बहस गर्दिन भनेको थिए । जुन मुद्धाको तयारी थियो संयोगले त्यो स्थगित भयो । सुशिला श्रीमानको इजालसमा परेको मुद्धामा तयारी थिएन । तयारी विनाको वकिल, त्यो पनि जुनियर। वहस गर्ने कुरै भएन । 
आफ्ना सीनियरको वहस सुन्नका लागि म पछाडीको सिटमा बसेको थिए । जसरी मलाइ शुसिला श्रीमानले बोलाउनु भयो त्यो मेरो कल्पना भन्दा बाहिरको थियो । म अगाडी गएँ । जानै पर्यो न्यायिधश ज्यू आफैले बोलाएपछी । रातो पिरो अनुहार लगाउदै मेलै केहि कुरा अग्रज लयरले भर्खरै वहस गरेको आधारमा भने । केही मलाइ कुलानन्द ज्यूले सिकाउनु भयो । मलाइ याद छैंन मैले के बोलेँ तर मुश्किलले चार/पाँच वाक्य वोलेँ ।
जब बोलेर सक्काए मेरा हात खुट्टा अझै थर्थर काँपीरहेका थिए । मेरा सीनियरहरु दुबै मलाइ "श्रीमानले तपाइँलाइ बहस गर्न प्रोत्साहन गर्नु भएको हो महिला अधिवक्ता भएकोले तपाँइलाइ वहाँले अगाडी आउन प्रोत्साहन गर्नु भएको हो" भनेर सम्हाल्न खोजिरहनु भएको थियो । "के वकालतनामा राखेका हरेक वकिललाइ यसरी नै न्यायधिशले सोधिसोधि वहस गराउछन् र ?" म वहाँहरुलाइ सोधिरहेकी थिए। "होइन तपाइँ महिला भएर वहाँले प्राथमिकता दिनु भएको हो" वहाँहरु दुवै जनाको प्रतिक्रिया थियो ।
त्यो पहिलो वहसमा मुद्धाको तयारी नगर्दाको आत्मग्लानी महिनौसम्म पनि रहिरह्यो। जसले मलाइ त्यसपछिका वहसमा समेत वहाँको इजलासमा उपस्थित हुन डर लागिरहन्थ्यो । तर अर्कातिर सुशिला श्रीमानले दिनु भएको हौसला र प्रोत्साहनले मन प्रफुल्लित पनि थियो । वकातलमा लागिरहन प्रेरित गरिरह्यो । प्रधान न्यायधिशका रुपमा त्यो पनि एउटा महिला प्रधान न्यायधिशको रुपमा न्याय सम्पादनमा देखाएको साहसले त झन वहाँप्रति मेरो श्रदा चुलिएको थियो । 
यसविचमा उच्च अदालतमा न्यायधिशको नियुक्ति हुँदा पनि त्यस्तै प्रोत्साहन सीनियर महिलाले वहाँवाट पाउनु हुन्छ की भन्ने थिथो । तर त्यसो भएन । केहि हदसम्म मन खिन्न भएको थियो । तर पनि न्याय सम्पादनमा विशेषगरी ठुला मुद्धा भनेर कहलिएका मुद्धामा वहाँले गर्नु भएको फैसला कदर गर्न लायककै थियो । भ्रष्टचार विरद्ध वहाँको दृढता तारिफ योग्य थियो । जसले वहाँका कमिकमजोरी भन्दा पनि नेतृत्तवदायी भूमिकाले मेरो भन जितीरह्यो।
"जुन दिन सुशिला श्रीमान प्रधान न्यायधिशको जिम्वेवारीवाट अवकाश पाउनु हुन्छ त्यो दिन म वहाँप्रति समर्पण गरेर एउटा ब्लग लेख्छु" म आफ्ना सहकर्मीलाइ यही भन्थे । किनभने कानून ब्यवसायी भएर बहालवाला न्यायधिशको पक्ष वा विपक्षमा केहि लेख्नु मलाइ सही लागेन । 
सोचे जस्तो हुँदो रहेनछ । पाँच छ वर्षदेखि मैले पालेको सपनाले यस्तो मोड लेला भनेर कल्पना गरेकी थिइन । वहाँको प्रधान न्यायधिशको कार्यकालमा यसरी अवरोध आउछ र अभियोगको पनि अभियोग, महाअभियोग प्रस्ताव वहाँका विरुद्ध दर्ता हुन्छ भन्ने सोचेकी पनि थिइन् ।
जुन रुपमा वहाँले निडर र नीर्भिक भएर कार्य सम्पादन गर्नु भएको थिथो त्यसले एउटा गर्विलो इतिहास बनाउछ र स्वतन्त्र न्यापालिकाको अस्तित्व अझ वलियो बनाउनेछ भन्ने विश्वास मनमा जागेको थियो । मैले चिनेको व्यक्तित्वकाे यो विदाइले धेरै प्रश्न उब्जिएको छ । महाअभियोग प्रस्तावले गर्दा अहिले माहोल संवेदनशील बनेको छ।
 जुन आधारमा महाअभियोगको प्रस्ताव आयो र जसरी आयो त्यो घाम जस्तै सबैका सामू छर्लङ्ग छ । यसले न्यायापालिकालाइ व्यवस्थापिकाको एउटा विभाग जस्तो भएर कार्य गरोस भन्ने दरिद्र मनोवृत्तिवाला चरित्रको उजागर गरेको छ।  महाअभियोग आफैमा ब्यवस्थापिकाले पाएको विशेष र असाधारण अधिकार हो । यो प्रस्ताव कसैमाथि लैजादा ससंदले संविधानले तोकेका आधारहरु खडा गर्नुपर्छ । महाअभियोगको प्रस्तावमा ल्याइएका हलुको र तथ्यहिन आधारहरु संविधानले तोकेको कुन बुँदाभित्र पर्दछन् त? जवाफ को सँग छ ?
नेपालको संविधान (२०७२) को धारा १०१() को आधारहरुमा सुशिला कार्कीले कुन गल्ति गर्नु भयो ।
१ संविधान र कानूनको गम्भिर उल्लघंन
. कार्यक्षमताको अभाव
. खराव आचरण
. इमान्दारीतापूर्वक आफ्नो पदिय कर्तव्यको पालना नगरेको
. आचारसंहिताको गम्भिर उल्लघंन गरेको
कुन पदीय दायित्व प्रधान न्यायधिशले पुरा गर्नु भएन यसको जवाफ महाअभियोग प्रस्ताव दर्ता गर्ने सरकार मात्र होइन त्यसमा हस्ताक्षर गर्ने हरेक राजनैतिक दलका हरेक नेताले ब्यक्तिगत तथा सामूहिक रुपमा दिनु पर्छ । प्रधान न्याधिशका कार्यकूशलतामा कोही सहमत हुनु या असहमत हुनु फरक कुरा हो । त्यसमाथि व्यक्तिका रुपमा प्रधान न्यायधिशका केही कमजोरी भएको कसैलाइ लाग्न सक्ला । त्यो कसैलाइ मन पर्ला या नपर्ला त्यो फरक प्रसग हो । यदि प्रसंग न्यायलयभित्र गरेको गुटवन्दीको हो र त्यसैलाइ संविधानले उल्लेख गरेका पाँच आधारभित्र व्याख्या गर्न खोजिएको हो भने त्यसलाइ तर्क र प्रमाण दुबैले पुष्टि गर्ने साहस महाअभियोगमा हस्ताक्षर गर्ने हरेक राजनीतिज्ञको हुनेछ।  
न्याय क्षेत्रमै पनि वहाँ विरुद्धको महाअभियोग प्रस्तावमाथि आ आफनै मत मतान्तर देखिएका छन् । त्यसैले होला नेपाल बार समेत आफ्नो भनाइ राख्न हतार गरिरहेको छैन । सुशिला कार्कीप्रति मेरो समर्थन एउटा ब्यक्ति वा पहिलो महिला प्रधान न्यायधिशको रुपमा मात्र सीमित छैन । त्यो पहिलो दिनको मेरो बहसमा मैले सिकेको पाठ, पाएको प्रोत्साहनमा मात्र सीमित छैन । मैले चिनेको सुशिला कार्की विरुद्धको महाअभियोगको प्रस्ताव भएर मात्र मैले यो तर्क राखेको होइन । वहाँ एउटा पात्र मात्र हो, डर अव यहि गलत संस्कारको निरन्तरता हुन्छ की भन्ने हो ।
स्वतन्त्र न्यायापालिकामा न्यायधिशले कुनै पनि खालको दवाव र प्रभावमा नपरीकन न्याय सम्पादन गर्न पाउनु संवैधानिक अधिकार मात्र होइन प्रजातान्त्रिक संस्कार पनि हो । जुन जनताका हक अधिकारसँग प्रत्यक्ष जोडिएका छन् । र सिगो न्यायपालिकाको शाख जोगाउने जिम्वेवारी हामी सबैको हो । स्वतन्त्र न्यापालिकाको अभावमा जनताका अधिकार सुनिश्चत र सुरक्षित हुदैनन् । त्यसैले न्यायक्षेत्र सँग सम्वन्धित हरेक ब्यक्ति र संस्थाको उत्तरदायित्व त झन विशेष छ । 
आज अर्कालाइ पर्दा व्यक्तिगत इवि लिएर "खुचिङ्" भनिनरहदा भोलि त्यो मार आफैलाइ पर्न सक्छ । अर्कालाइ खाने वाघले आफूलाइ पनि खान्छ भन्ने तितो यथार्थलाइ बेलैमा बुझिएन र यस्ता हल्का आरोप प्रत्यारोपका भाषाहरुलाइ महाअभियोग जस्तो संवेदनशिल र बिशेष अधिकारका लागि हतियारका रुपमा प्रयोग गर्न दिइरहने र मौन बसेर प्रोत्साहन दिइरहने अनि न्यायपालिकासँग सम्वन्धित सबै निकायले एकमतका साथ विरोधका आवाज नउठाउने हो भने यस्ता महाअभियोग भोलिका दिनमा आइरहन्छ । किनभने कुनै पनि प्रधानन्यायधिशले सबैलाइ शतप्रतिशत चित्त बुझाउन सक्दैन । र प्रधान न्यायधिशको काम न्याय सम्पादन गर्ने हो न की हरेक राजनैतिक दलका नेतालाइ चित्त बुझाउने ।