Pages

Showing posts with label First woman judge. Show all posts
Showing posts with label First woman judge. Show all posts

Sunday, September 11, 2016

women who lead the judiciary first

छ दशककाे कानून ब्यवसायीकाे इतिहासमा केहि यस्ता महिलाहरु छन् जसले कानून र न्याय क्षेत्रमा महिलाहरुको उपस्थितीको सुरुअात गरे । यदाकदा एक दुइ जना नामवाट सुरु भएकाे कानून ब्यवसायी महिलाकाे इतिहासमा अाज लगभग २,२०० (वाइस सय) हाराहारीमा महिला कानून व्यवसायीकाे संख्या पुगिसकेकाे छ । न्याय क्षेत्रमा दिनिदनै बढ्दै गएकाे महिलाहरुकाे रुचि हौसलाकाे बिषय हो । यो निरन्तर चलिहरहने यात्राकाे सुरुअात गर्ने नामहरु यी थिए जसकाे योगदान न्याय क्षेत्रले सधैं सम्झिरहनेछ । मैल उनीहरुकाे फोटो वायाेग्राफीलाइ अाफ्नो ब्लगमा राखेर अनलाइनमा यसकाे संग्रह गर्ने काेशिस गरेकी हुँ । २०७३ साल भदौ २४ र २५ गते काठमाडौंमा भएकाे कानून व्यवसायी महिलाकाे २५ अौ राष्ट्रिय सम्मेलनमा वितरणका लागि राखिएकाे अधिवक्ता राजकुमार थापाद्धारा लिखित "नेपालकाे न्याय क्षेत्रमा महिला कानून व्यवसायको ६ दशक" भन्ने पुस्तकबाट सम्पूर्ण सामाग्री उद्धरण गरिएको हाे । शैक्षिक उपयोगिताकाे उद्देश्यले प्रयोग गरेको हुने लेखककाे नैतिक र अार्थिक अधिकारमा कुनै हानी हुने उद्देश्यले लिएकाे छैन।