Pages

Showing posts with label dream. Show all posts
Showing posts with label dream. Show all posts

Saturday, July 13, 2013

मेरा सपना

मसँग के छैन,
घामको किरण पनि छ, जुनको शितल पनि छ
एकान्त रोजे बिथोल्ने कोही छैन,
हरेक दिन ओठमा हाँसो अनि पाइलामा उमंग छ ।

निराश मनलाई प्रफुलित बनाउन सक्छु रे म
प्रोत्साहनको फुँदा गास्न पनि सक्छु म,
शितको चिसो र मध्यान्हको तातोको अनुभब
ति सबै छ, जो एउटा सामान्य जिवन जगतमा छ ।
तर मनको बलेसीमा एउटा अट्टाहस छ,
सधै रहन्छ, त्यो सत्य छ र पीडादायी छ ।

अरुका लागी शायद कहिल्यै पुरा नहुने
तर मेरा लागी सदैब सत्य हुने
मेरो सपना छ,
हुन त सपनाभित्र दुख मात्र होइन सुखका फुल पनि फुलेका छन्
सफलताको सुनलहरी झुलेका पनि छन्
तर मान्छेको जातै हु, दुखको पलको मायाँ बढी लाग्छ,

स्वर सम्राटको गित जस्तो होइन,
बिपना भइ बाँचिदिने सपनाहरु हुन मेरा,
कुनै आँधिबेहरीको संकेत पहिल्यै गरेर
मलाई खवरदारी गर्ने भबिश्यवाणी हुन मेरा ।

आज तिम्रो संकेतले ममा हलचल आएको छ ।
तिम्रो भयावह संकेतले
 बेदनाको पहाडका लागी मुटु कसौं
या अगाडी नै छताछुल्ल पारिदिउ भाको छ।
तिम्रो संकेत सजगताको लागी हो
पक्का भएको एउटा अर्को घटनाको पर्खाई हो

तिम्रो आगमनले फेरी एकपटक पीडातर्फ इंगित गर्छ,
कुनै न्याउलीको रुवाई जस्तो,
नकार्न असमर्थ
टार्न पनि असमर्थ
निरिह भुंग्रोमा परेको पुतली जस्तो ।
तरैपनि म प्रतिक्षारत छु

यो कस्तो बिडम्बना हो
मेरा सदैब साँचो भइदिने सपना
बिपनाभन्दा भयानक मेरा सपना
विवश लाचार म
 प्रतिक्षारत छु ।
यसपटक पनि तिम्रो रंग बेरंग छ ।
त्यसभित्रका तरंग डरलाग्दा छन्
तर अकाट्य छन्।

त्यसैले यसपटक म
तिमिलाई स्वागत गर्न कस्सिएकी छु ।
संभाबित त्यो ननिको पलको,
 ब्यग्रताका साथ पर्खाइमा छु ।
मै भित्रको सत्य,
मेरो जिन्दगीको अर्को पाना
म थप्ने अठोटमा होमिएकी छु ।
यसपटक म साँच्चै तिमीलाई स्वागत गर्नेछु।
रुन्चे हाँसो देखाएर किन नहोस,
म त्यसलाई
आत्मसाथ गर्नेछु ।