Pages

Wednesday, April 9, 2014

आभासको कुरा गर्छौ तिमी,

आभासको कुरा गर्छौ तिमी,
मलाई त तिम्रो मनकोे तरंग थाहा छ,
चैत बैशाखको हुरीको तहसनहस सबैलाई थाहा हुन्छ,
हो तिम्रो आगमन त्यस्तै थियो,
जति छिटो आयौं तिमी उति नै तिब्र र निश्चित थियो


तिम्रो विदाई,
यो आत्मालाई थाहा थियो,
यो आँंखालाई थाहा थियो,
भयको अनुभब थियो,
विछोडको अनुमान थियो,
यो खालि पनको भनक थियो,
ज्ञान पनि थियो,


तर मेरो विवस्ता हेर,
यो खालीपनको आभाषमा पनि पूर्ण भएको अनुभूति गर्न मन लाग्छ,
तिमी छौ, मेरै वरिपरि भनेर भ्रम पाल्न मन लाग्छ,
विश्वास र आदरको प्रश्न कतै उठाउने आज्ञा छैन,
तरैपनि विश्वासको डोरी गाँस्न मन लाग्छ,
हो मन लाग्छ, फेरि एकपटक त्यो दुनियाँंमा बाँच्न
 मन लाग्छ ।

No comments:

Post a Comment